२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचार खर्चका नाममा सरकारले बाड्यो ६ करोड ३० लाख



अ+ अ-

काठमाडौं । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्यढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ। उपचारखर्चलगायत नाममा यो रकम बाँडिएको हो। आर्थिक सहायता पाउनेमा पहुँचवाला र सम्पन्न पनि छन्।

अर्थ मन्त्रालयका अनुसार सरकारले हरेक महिनामा मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर विभिन्न व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। मंसिरमा मात्र सरकारले १ करोड २७ लाख रुपैयाँ यसरी उपलब्ध गराएको पाइएको छ। मंसिरयताको आर्थिक सहयातासम्बन्धी विवरण भने सरकारले सार्वजनिक गरेको छैन। आजको नागरिक दैनिकमा खबर छ ।

अर्थ मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको विवरणअनुसार मंसिर ३ मा बसेको मन्त्रिपरिषद् बैठकले ४२ जनालाई ३१ लाख रुपैयाँ र त्यसको एक सातापछि १० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न व्यक्तिलाई २८ लाख रुपैयाँ आर्थिक सहयाता उपलब्ध गराउने निर्णय गरेको थियो। मंसिरमा मात्र सरकारले करिब १ करोड २७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको अर्थले जनाएको छ।