२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वाइड बडी जहाज खरिद प्रकरणमा शतप्रतिशत निर्दोष छु’ : मन्त्री अधिकारी



अ+ अ-

काठमाडौं । नागरिक उड्डयन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट्याएका छन्। पर्यटनमन्त्री अधिकारीले आफू मन्त्री भएको बेला वाइड बडी जहाज खरिदको किस्ता रोक्ने अवस्था नरहेको समेत स्पष्ट पारे । उनले भने, ‘मैले त्यसबेला यो रोकेको भए उल्टै कमिसनको चक्करमा जहाज ल्याउन दिएन भन्थे ।’ उनले अझ स्पष्ट पार्दै भने, ‘मैले आफूले वाइड बडीको बाँकी किस्ता पठाएको हैन, यो त प्रक्रियागत गरिकाले गएको हो, मेरो ठाउँमा जो भएको भए पनि हुने यही नै थियो।’

आफू मन्त्री भएका बेला जहाज नै थिएन, यो हल्ला मात्र गरिएको भ्रम बरु आफूले चिरेको उनको भनाइ थियो। वाइड बडीमा भएको भ्रष्टाचारमा अदालत, छानबिन गर्न बनेका समिति, अख्तियारले यसलाई गहिरो ढंगले छानबिन गर्नुपर्ने पनि उनले बताएका छन् । साथै उनले आफू मन्त्री हुनु र यो सरकार गठन हुनुअगावै देखि यसको छानबिन हुनुपर्ने जिकिर गरेका छन्। उनले थपे, ‘छानबिनको केसमा यो समितिले सक्दैन भने अर्को समिति बनाएर भए पनि छानबिन गर्नुपर्छ।’

नेपालमा हुने गरेका ठूला भ्रष्टाचारका केसमा यो खालको राजनीतिक चलखेल किन हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘यसमा धेरैखाले कारण हुन्छन्। कोहीको त मौका यही हो, छोपी हालौं भन्ने पनि हुन्छन्, सरकारको काम र ठूला परियोजना सफल हुन नदिने पनि चलखेल हुन्छन्।’ वाइड बडीमा भएको अनियमितता खोज्ने तर, यसको प्रक्रिया रोक्न नहुने पनि उनले बताए। साथै आफू मन्त्री भएकै बेला जहाज खरिद प्रकरणमा भएका भ्रष्टाचार सबैका सामु ल्याउने पनि उलने प्रतिबद्धता जनाए। वाइड बडीमा भएको भ्रष्टाचारको सत्यतथ्य कहिले आउँछ भन्ने प्रश्नमा उनले भने, ‘अब ३ महिनाभित्र यसको सम्पूर्ण सत्यतथ्य बाहिर आउँछ।’ यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।




भर्खरै