२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताको घर धाउने प्रहरीलाई आईजीपी खनालको यस्तो चेतावनी



अ+ अ-

काठमाडौं । शक्तिकेन्द्र तथा नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने आईजीपी सर्वेन्द्र खनालले चेतावनी दिएका छन् ।

रिक्त रहेका पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै प्रहरी अधिकारीहरूले नेतामार्फत दबाब दिन थालेपछि खनालको चेतावनी आएको हो ।

‘बढुवाका लागि संगठनमै विश्वास गर्न जरुरी छ,’ गत साता बढुवा भएका प्राविधिक प्रहरीलाई प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदानपछि खनालले भने, ‘नेताकहाँ गएर बढुवा होइन्छ भन्ने भ्रममा नपरे हुन्छ, नेताहरूकोमा धाउनेहरू बढुवामा छुट्ने सम्भावना धेरै छ ।’

प्रहरी अधिकारीहरू सरुवा–बढुवाका लागि नेताहरूकहाँ धाएकै कारण संगठन बलियो हुन नसकेको बताउँदै खनालले यस्तो प्रवृत्ति छाडेर संगठन प्रमुखमै विश्वास गर्नुपर्ने बताएका थिए । अनावश्यक चलखेलमा नलागी संगठनलाई बलियो बनाउनु नै संगठनप्रति योगदान हुने उनको भनाइ थियो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।