२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

के के देख्न पाइन्छ ? लुटेरा जेल मुक्त हुँदा भव्य स्वागत



अ+ अ-

राजविराज । बैंक लुटपाट गरेको अभियोगमा दुई वर्ष आठ महिना जेल सजाय भुक्तान गरेका ‘अनिल’ भनिने अरुणकुमार साह मंगलबार साँझ रिहा भए ।

सर्वोच्च अदालतको माघ १० गतेको परिपत्रका आधारमा रुपनी–१ रायपुरका साह रिहा हुँदा कारागार गेटमा धुमधामसाथ खुसियाली नै मनाइयो । रिहाको खबरपछि कारागार पुगेका तत्कालिन माओवादीका नेताहरु, सहकर्मी साथी, परिवारका सदस्यहरुले साहलाई खादा, माला, अविर नै लगाएर स्वागत गरेको अन्नपुर्ण पोष्टमा खबर छ ।

मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को व्याख्या गर्दै सर्वोच्च अदालतले संहिता लागु हुनु पूर्वको अवस्थामा एक दिनको २५ रुपैयाँका दरले हुने गरी जरिवानावापत कैद तोकिएकोमा त्यस्तो पुर्जी संशोधन गरी परिपत्र गरेपछि साहको कैद भुक्तान भएको हो ।

बि।सं।२०५९ सालमा माओवादी जनयुद्धको बेला सप्तरीको नकटी रायपुर गाविसस्थित स्वावलम्बन विकास बैंकको १६ हजार रुपैयाँ कब्जा गरेको आरोपमा सप्तरी जिल्ला अदालतले २०७१ सालमा उनलाई ४९ महिना १५ दिनको जेल सजाय तोकेको थियो ।

माओवादी पार्टी परित्याग गरी नयाँ शक्तिमा प्रवेश गरेका साह ०७३ जेठ २३ गते पक्राउ परी कारगारमा थुनिएका थिए । माओवादी केन्द्रको राज्य कमिटी सदस्य परित्याग गरेका उनलाई नयाँ शक्तिले जिल्ला संयोजक बनाएको थियो ।

पक्राउ परेका बेला नयाँ शक्तिका जिल्ला संयोजक रहेका साहलाई भेटन नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ०७३ पुस २४ गते राजविराज कारागार नै पुगेका थिए ।

साह निर्दोष रहेको भनी यसअघि परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो । जनयुद्धकालका मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सल्ट्याउनु पर्नेमा साहको मुद्दालाई ओझेलमा पारी कैद गरिएको भन्दै साहले असन्तुष्टि जनाउँदै आएका थिए ।