२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामीलाई एम्बुलेन्स छैन, जनप्रतिनिधिलाई भने गाडी



अ+ अ-

रुकुम पश्चिम । मुसीकोट नगरपालिका मातहतको जिल्ला अस्पतालमा लामो समयदेखि एम्बुलेन्स छैन। तीन वर्षअघि बिग्रिएको अस्पतालको एम्बुलेन्स बन्ने अवस्था छैन।
निजी स्तरबाट चलाइएका एम्बुलेन्सको सेवा पनि सर्वसाधारणका लागि पयौप्त छैन। तर स्थानीय तहले भने एम्बुलेन्सलाई भन्दा स्कार्पियोलाई प्राथमिकतादिएका छन्। मुसीकोट नगर कार्यपालिकाको बैठकले गत साउनमा गाडी, मोटरसाइकल र एम्बुलेन्स खरिद गर्ने निर्णय गर्यो। नगरपालिकाले गाडी र मोटरसाइकल ल्याइसकेको छ भने एम्बुलेन्स खरिदको प्रक्रिया भर्खर अघि बढेको छ।
गाडी र मोटरसाइकल खरिद गरेको झण्डै एक महिनापछि मात्रै मुसीकोट नगरपालिकाले गत पुस १५ गते एम्बुलेन्स खरिदको प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले गत पुस १५ गते एम्बुलेन्स खरिदका लागि भन्सार छुटको सिफारिस माग्यो। कान्तिपुर दैनिकमा समाचार छ ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा भन्सार छुटको निर्णय र चिठी लेखेकै दिन एम्बुलेन्स खरिदको निर्णय मात्र भएन भन्सार छुटको सिफारिससमेत गरियो। एम्बुलेन्स खरिद प्रक्रिया त अघि बढेको छ तर कहिले आइपुग्छ भन्ने थाहा छैन।




भर्खरै