२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलको दुई मिनेट बाँकी रहँदा हिरो बने रोनाल्डो



अ+ अ-

काठमाडौं । पोर्चुगिच फुटबल स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको दुई मिनेट समय बाँकी रहँदा गरेको पेनाल्टी गोलको मद्धतले इटालियन सिरी एमा युभेन्टस विजयी भएको छ । आइतबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई २–१ ले पराजित गर्‍यो ।

खेलमा एक गोलले पछाडि परेको युभेन्टसले अन्तिम १६ मिनेटमा दुई गोल गर्दै लिगमा अपराजित यात्रा कायमै राखेको हो । निकै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।
दोस्रो हाफमा लाजियोले अग्रता लियो । ५९ औं मिनेटमा इम्रे च्यानले आत्मघाती गोल गरेपछि घरेलु टोली लाजियोलाई फाइदा भयो ।

७४ औं मिनेटमा जोआओ क्यान्सलोले बराबरी गोल गर्दै युभेन्टसलाई खेलमा फर्काए । खेलको दुई मिनेट समय बाँकी रहँदा युभेन्टसले पेनाल्टी हान्ने मौका पायो । रोनाल्डोले पेनाल्टीमा कुनै गल्ती नगरी युभेन्टसलाई जिताए ।

रोनाल्डोको यो सिजनको १७ औं लिग गोल हो । जितसँगै शीर्षस्थानमा युभेन्टसले ११ अंकको अग्रता कायम गर्न सफल भएको छ । युभेन्टसले २१ खेलमा ५९ अंक जोड्दा दोस्रो स्थानमा रहेको नेपोलीको ४८ अंक छ । एजेन्सी

आइतबार रातिको नतिजा
चिभो ३–४ फियोरेन्टिना
एटलान्टा ३–३ रोमा
बोलाग्ना ०–४ फ्रोसिनोन
पार्मा २–३ एपिएल
टोरिनो १–० इन्टर