२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुला दिसामुक्त क्षेत्र घोषणा गर्न मुख्यमन्त्रीलाई रातो कार्पेट



अ+ अ-

काठमाडौं । झुटो तथ्यांक देखाएर गत वैशाखमा दार्चुला जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो। तर, सदरमुकाममै सयभन्दा बढी परिवारको दिसापिसाब महाकाली नदीमा बग्छ।
पूर्ण रूपमा चर्पी बनाएर मात्र जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न जिल्लाका मिडियाले आवाज उठाउँदा पनि जिल्ला समन्वय समितिले घोषणासभा आयोजना गरेको थियो। बजेट मात्रै फर्स्योट गर्ने उद्देश्यले आयोजित घोषणासभामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका लागि रातो तुल बिछ्याइएको थियो भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।
राजाजस्तै तुलमा हिँडेर स्टेजमा गएका उनले दार्चुलालाई पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गरेका थिए। सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिह बोहरा समेत दार्चुला पुगेका थिए। अतिथि सत्कार मै ६ लाखभन्दा बढी खर्च भएको थियो। सदरमुकाम रहेको महाकाली नगरपालिका – ४ हा बजारका सयको हाराहारीका घरपरिवारको दिसापिसाब सिधै नदीमा बगाइन्छ। उनीहरूको सेफ्टीट्यांकी छैन।
वडा नम्बर ५ तितरसैनका एक दर्जन परिवारले शौचालय बनाएका छैनन्। सदरमुकाममै यस्तो अवस्था छ भने ग्रामीण क्षेत्रमा कयौँ बस्तीमा शौचालय बनेका छैनन्। घोषणा हुनु पूर्व गतवर्ष १९ चैतमा बसेको जिल्ला स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समितिको बैठकले महाकाली नगरपालिकाको ४ र ५ वडाका एक सय ११ परिवारसँग सेफ्टी ट्याँङ्की नभएको वा शौचालय नै नबनाइएकोले ती घरपरिवारलाई सेफ्टी ट्याङ्की निर्माण गराउन लगाएर मात्रै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। तर उनीहरूले यस्तो व्यवस्था नगर्दै घोषणासभा आयोजना गरियो। कार्यक्रममा जिल्लामा सत प्रतिशत नागरिकले शौचालय प्रयोग गरेको उल्लेख गरिएको थियो ।
आवश्यक पूर्वाधारहरूको निर्माण नगर्दै घोषणा सभा गरिएकोमा दार्चुलामा क्रियाशील पत्रकारहरूले यो कार्यक्रम बहिस्कार गरेका थिए। ‘हामीले घोषणा हुनु पूर्व नै यसको बिरोध गरेका थियौं। अहिले पनि यो विषयमा सार्वजनिक बहस गर्न तयार छौं।’ पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले भने।