२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख निरीह भएको कांग्रेसको आरोप, आज घम्साघम्सी हुने खतरा



अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले स्थापित संसदीय परम्परा र मर्यादा अनुरुप काम गर्न नसकेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ। संसदीय अभ्यासमा सभामुख सत्तासामु निरिह भएको कांग्रेसको ठहर छ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले यस्तो ठहर गरेको हो। मंगलबारको संसद बैठकमा सत्तापक्षीय सांसदले प्रतिपक्षी सांसदलाई मर्यादापालककै शैलीमा धकेलाधकेर गर्दासमेत सभामुख निरिह बनेको उसको आरोप छ।

‘२०७५ माघ ८ गतेको प्रतिनिधि सभाको बैठकमा अमर्यादित रुपमा संसदमा मर्यादापालकको प्रयोग हुनु र सत्तापक्षका सांसद नै मर्यादापालक झै प्रतिपक्षमाथि खनिनु, महिला सांसदलाई रोक्न पुरुष मर्यादापालक प्रयोग गरिनु र जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन लाग्दा समेत सम्माननीय सभामुखले हाम्रा स्थापित संसदीय परम्परा र मर्यादा अनुरुप सहमतिबाट निकास खोज्न सक्नु भएन। संसदीय अभ्यासमा सभामुख सत्ता सामु निरिह हुन सक्दैन। तर, त्यही देखियो’, बैठकपछि कांग्रेसले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘निष्पक्षता र निर्भिकताबाट मात्रै संसदीय मर्यादा कायम रहन्छ, स्थापित नजिर र परम्परा जोगिन्छन्, लोकतन्त्रिक अभ्यास पुष्ट हुन्छ।’

कांग्रेस बैठकले जी।पी। कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ ९केन्द्र० अन्तर्गत राखेर भविष्य सुरक्षित गर्न सरकारलाई सचेत समेत गराएको छ।

सरकारले गैरजिम्मेवार र पूर्वाग्रहपूर्ण तवरले जी।पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, शुक्लागण्डकी –५, वेलचौतारा, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्ज, बाँकेलाई मात्र हटाएर बाँकी नौ वटालाई संघ अन्तर्गत रहने गरी निर्णय गरेकोप्रति आपत्ति जनाएको हो।

श्वासप्रश्वास जस्तो गम्भीर स्वास्थ्य समस्याको उपचारमा गण्डकी प्रदेशमा क्रियाशील जी।पी। कोइराला र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सरकारले विघटनको संघारमा पुर्‍याएको कांग्रेसको आरोप छ।

राजनीतिक पूर्वाग्रहबाट प्रेरित जनस्वास्थ्य विरोधी सरकारको यो कार्यप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले घोर आपत्ति प्रकट गरेको हो।

सरकारलाई आफ्नो गलत एवं पूर्वाग्रही निर्णय तत्काल सच्याउन कांग्रेसले आग्रहसमेत गरेको छ।

सँगै कांग्रेसले सरकार समस्याग्रस्त चिकित्सा शिक्षामा सुधार गर्नका लागि डा। गोविन्द केसीसँग विगतका सहमति विपरित संसदमा जोरजुलुम गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न उद्यत भएको आरोप लगााएको छ। सत्तापक्ष आम नागरिकको स्वास्थ्य होइन केही सिमित व्यक्तिको आर्थिक स्वार्थ परिपोषण गर्न लागि परेको आरोप उसको छ।

सँगै कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक राखिएको र नियुक्तिका केही निर्णय गरिएको विषयप्रति आपत्ति जनाएको छ।

‘केवल एउटा बैठक र केही निर्णयको प्रश्न मात्रै होइन, प्रश्न मूलतः सरकारको नियतप्रति हो’, कांग्रेसले भनेको छ, ‘प्रश्न विधि, पद्धति र लोकतान्त्रिक राज्यसंस्कृतिलाई खण्डीत गर्ने प्रवृत्तिप्रति हो।’

संवैधानिक परिषद्को प्रावधान र गरिमा विपक्षी मत समेतको सहभागीतामा अघि बढ्ने लोकतान्त्रिक संस्कृतिसंग सम्बन्धीत भएको कांग्रेसको ठहर छ। ‘लोकतान्त्रिक मूल्य, मान्यता र स्थापित विधिलाई उल्लघंन गरेर अघि बढ्न गरिएको प्रयत्नलाई गम्भीर ढंगले लिंदै घोर भत्र्सना गर्दछ’, कांग्रेसले भनेको छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।