२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता ऐन संशोधन विधेयकमा छलफल



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिले नागरिकता ऐन संशोधन विधेयकमा दफाबार छलफल प्रारम्भ गरेको छ ।

समितिले शुक्रबार संशोधनकर्ता समेत राखेर दफाबार छलफल प्रारम्भ गरे पनि कुनै निर्णय गर्न सकेन । प्रस्तावित विधेयकको दफा ३ बारे छलफल गरेको समितिले सो दफाबारे पनि कुनै निर्णय लिन सकेन ।

सो दफामा बाबु पहिचान नभएको अवस्थाको स्वघोषणाको व्यवस्था कसरी सम्बोधन गर्ने भन्ने विवाद नमिलेपछि थप छलफल आवश्यक भएको भन्दै समितिका सभापति शशी श्रेष्ठले बैठक स्थगित गरेकी हुन् ।

सभापति श्रेष्ठले भनिन्, “प्रस्तावित केही व्यवस्थामा उच्च तहमा र थप घनीभूत छलफलको आवश्यकता महसुस भयो । यो विषयमा थप छलफल गर्नेगरी अन्य दफाहरूमा छलफल निरन्तर हुन्छ ।’’

प्रस्तावित विधेयकले मूल ऐनको दफा ३ संशोधन प्रस्ताव गर्दै बाबु पहिचान नभएको अवस्थामा वंशजको आधारमा नागरिकता दिइने व्यवस्था गरेको छ तर केही सांसद्हरूले बाबु पहिचान भन्ने शब्दावली हटाउन माग गरेका छन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।




भर्खरै