२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरी भाग्यमानीको नसिवमा मात्र हुन्छ (लघु कथा)



अ+ अ-

विवाहको पहिलो रात श्रीमान श्रीमती बीच एउटा शर्त भयो कि जो सुकै आओस कसैलाई ढोका नखोलिदिने । त्यही रात केटाको बा आमा आफ्नो छोरालाई भेट्न भनी कोठामा आए ।

ढोका ढकढक्याउदा उनिहरु श्रीमानले श्रीमतीको अनुहार हेर्यो दुवै मुखामुख गरे तर छोराले ढोका खोलेन भित्रबाट नै गफ गर्यो किनकि उ चाहादैन थियो श्रीमतीको मन नदुखोस र वचन पनि नतोडियोस । बा आमा बाहिरबाटै गफ गरेर फर्किए ।

पुनः केहीबेरमा श्रीमतीका बा आमा छोरीलाई भेट्न भनेर आए । ढोका ढकढक्याए । फेरि श्रीमान र श्रीमती हेराहेर गरे । दुवैले शर्त पनि याद गरे । श्रीमती श्रीमान नजिक आउछे र आँखा भरी आँसु बनाउदै भन्छे ।

म मेरा बा आमालाई यसो गर्न सक्दिन भन्दै ढोका खोलिदिन्छे । छोरीले बा आमालाइ भेट्छे । श्रीमान केही बोल्दैन उ चुप बसिरहन्छ ।
केही बर्षमा उनीहरुको जुम्ल्याहा छोरा जन्मिन्छन । परिवार खुब खुसी हुन्छ । पुनः केही बर्षमा छोरी जन्मिन्छे । बुबा अत्याधिक खुशी हुन्छ ।

खुशी थाम्न नसकेर गाउँलेलाइ भोज खुवाउँछ । श्रीमती अचम्ममा पर्छे र सोध्छे छोरा जन्मदा चाहिँ वास्ता गर्नु भएन छोरी जन्मँदा चाहिँ किन यो भोज ? श्रीमानले जवाफ दिन्छ यही सन्तान हो जसले मलाई कुनैदिन ढोका खोल्दिने छे । त्यसैले…………
छोरी भाग्यमानीको नसिवमा मात्र हुन्छ ।