७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः बिग्रेड ब्वाइज र एनआरटीको गोलरहित बराबरी



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेलेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । 

यस बराबरीसँगै ब्रिगेडले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई ३–२ गोलले हराएको थियो ।   

यस्तै एनआरटीले पहिलो १ अंक जोडेको छ । पहिलो खेलमा एनआरटी साविक विजेता मछिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।  

लिग अन्तर्गत नै आज दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्दैछन् । सो खेल ४ः४५ बजे सुरु हुनेछ ।