काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
यस बराबरीसँगै ब्रिगेडले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई ३–२ गोलले हराएको थियो ।
यस्तै एनआरटीले पहिलो १ अंक जोडेको छ । पहिलो खेलमा एनआरटी साविक विजेता मछिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।
लिग अन्तर्गत नै आज दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्दैछन् । सो खेल ४ः४५ बजे सुरु हुनेछ ।












