२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै सबैभन्दा बृद्ध महिलाको मृत्यु



अ+ अ-

काठमाडौं । विश्वका सबैभन्दा वृद्ध मानिस मासानो नोनाकाको निधन भएको छ । विमानको आविष्कार गर्ने राइट्स दाजुभाईभन्दा दुई वर्षपछि जन्मेका नोनाकाको ११३ वर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । समाचार राजधानी दैनिकमा छ ।

गिनिज वल्र्ड रेकर्डसका अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा भएको थियो । उनको जन्म अल्वर्ट आइन्स्टाइनद्वारा प्रतिपादन गरिएको सापेक्षताको सिद्धान्तको प्रकाशन हुनुभन्दा केही महिना पहिले भएको थियो ।

गत वर्ष स्पानियार्ड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिसमध्ये सबैभन्दा पाका व्यक्तिका रूपमा गिनिजले नोनाकालाई औपचारिक मान्यता दिएको थियो ।

‘हामीलाई विश्व प्रसिद्ध जापानी नागरिक नोनाकाको निधनले दुःखी तुल्याएको छ । उहाँ शनिबारसम्म सामान्य जीवन बिताइरहनुभएको थियो । परिवारका सदस्यलाई समेत कुनै बोझ नबनीकन आइतबार देहत्याग गर्नुभएको छ,’ उनकी नातिनी युकोलाई उद्धृत गर्दै क्योदो समाचार समितिले जनाएको छ ।

छ भाइ र एक बहिनीकी धनी नोनाकाले सन् १९३१ मा विवाह गरेर पाँच सन्तानका बाबु बनेका थिए । उनले आफ्नै गाउँमा ‘हट स्प्रिङ इन’ (होटेल) सञ्चालन गरेका थिए । उनकोे जीवनको उत्तराद्र्धमा टेलिभिजनमा कुस्ती हेर्ने र मिठाई खाने सोख रहेको पारिवारिक स्रोतले बताएको छ ।

सामान्यतया जापानीहरूको दीर्घ जीवन हुने गर्दछ । विश्वका धेरै वर्षसम्म बाँच्ने मानिसको सूचीमा कैयौं जापानी नागरिकको सूची रहेको बताइने गरिन्छ ।

जापानी नागरिक जिरोमी किमुरालाई सबैभन्दा धेरै बाँच्नेमध्येका व्यक्तिका रूपमा मानिन्छ । उनको ११६ बर्षको उमेरमा सन् २०१३ मा निधन भएको थियो । प्रमाणित रूपमा इतिहासमा सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सका जेनी लुइस कालमेन्टको सन् १९९७ मा १२२ बर्षको उमेरमा निधन भएको थियो ।