२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नम्बर ५ गाडि खरिद काण्ड : उपसमितिले प्रतिवदेन बुझायो, कारवाहिमा आशंका



अ+ अ-

बुटवल । प्रदेश नम्बर ५ मा प्रदेशसभाका बरिष्ठ व्यक्तिहरुका लागि खरिद गरिएको गाडिमा चरम अनियमिता भएपछि छानबिन गर्न गठित टोलिले प्रतिवेदन बुझाएको छ ।

पुस २७ गते बसेको सार्वजिक लेखा समितिले गाडी खरिदका क्रममा अनयिमितता भएको भन्दै छानविनका लागि उपसमिति गठन गरेको थियो । उपसमितिले गाडी खरिदका कागजातहरू अध्ययन गरी प्रतिवदेन तयार पारेको हो ।

छानविन उपसमितिका संयोजक कुलप्रसाद पोखरेलले सार्वजनिक खरिद ऐनअनुसार नै गाडी खरिद भए पनि गाडी खरिद गर्नुको नियत गलत देखिएको बताए । उनले थप छानविनका लागि कानुनी, आर्थिक, प्राविधिक पक्ष बुझेका जानकारहरूसँग छलफल गर्नुपर्ने भएकाले सदस्य थप्नुपर्ने रायसहितको प्रतिवेदन समितिलाई बुझाएको बताए । प्रदेश ५ को लेखा समितिको बैठकले सदस्य थपको निर्णय गर्ने बताइएको छ ।

इ टेण्डरमा दुई कम्पनीले भाग लिएर गाडि खरिद गरेपनि समान गाडिमा २ करोड बराबरको फरक देखिएको थियो ।

सचिबालयले करिब ९ करोड रुपैयाँमा १३ वटा टाटा स्ट्रोम गाडी खरिद गरेको थियो । खरिद गरेको गाडी प्रदेश सभाका उपसभामुख, सात समितिका सभापति र प्रमुख प्रतिपक्षी दलका नेताले चढ्दै आएका छन् ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले प्रदेश सभाले भन्दा १ लाख ४ हजार बढी मुल्यमा सोही गाडी खरिद गरेका थियो । सो गाडीमा मन्त्री लिला गिरी, सुदर्शन बराल र आरती पौडेल चढ्दै आएका छन् ।

मन्त्रालयले ७२ लाख ९९ हजारमा खरिद गरेको थियो भने प्रदेश सभाले ७१ लाख ९५ हजारमा किनेको हो । कम्पनीबाटै एउटै भएपनि समान गाडिको मुल्यमा धेरै फरक पर्न गएको प्रति सांसदहरुले चासो राखेपछि छानबिनको प्रकिया अगाडि बढाईएको थियो ।

यो पनि

http://newspolar.com/2019/01/67112

यो पनि

http://newspolar.com/2019/01/66557