२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्तिवाङ–काठमाडौँ माइक्रो बस सेवा



अ+ अ-

गलकोट ।बागलुङ जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रो बस सेवा सञ्चालनमा आएको छ । बागलुङदेखि बुर्तिवाङसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको स्तरोन्नति भएसँगै यातयात सेवा विस्तार गर्ने क्रम बढिरहेको छ ।

धौलागिरि अञ्चल बस व्यवसायी समिति र बागलुङ भगवती यातायात सेवाले सिधा माइक्रो बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बुर्तिवाङबाट काठमाडौँ र काठमाडाँैबाट बुर्तिबाङका लागि दुई÷दुईवटा दिवा माइक्रो बस सेवा सञ्चालनमा ल्याइएको धौलागिरि अञ्जल बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले बताउनुभयो ।

‘‘अहिले हामी परीक्षण अवस्थामा छौँ’’, बागलुङ भगवती यातायात सेवाका अध्यक्ष दिलबहादुर पराजुलीले भन्नुभयो, “रुट परमिट प्रक्रियामा छ, रुट परमिट आइसकेपछि उपयुक्त भाडादर निर्धारण गरेर सेवालाई निरन्तरता दिन्छौँ ।” हाललाई बुर्तिबाङदेखि काडमाडौँसम्मको अस्थायी भाडादर प्रतिव्यक्ति रु एक हजार ६०० निर्धारण गरिएको छ ।

बागलुङदेखि बुर्तिवाङसम्म ९३ किलोमिटरमध्ये बागलुङ बजारदेखि बिहँु खण्डको २५ किलोमिटर बाहेक सबै सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी लोकमार्गको विस्तार तथा कालोपत्रे भएपछि ठूलो सङ्ख्यामा यातायातका साधान सञ्चालनमा आएपछि जिल्लाको पश्चिम क्षेत्रमा विकासले गति लिन थालेको छ ।