२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी आयोजना : सिएमसी नफर्केपछि अन्योल, अझै दुई वर्ष लाग्ने



अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले शनिबार बेलुकासम्म कुनै जवाफ आयोजनालाई पठाएको छैन ।

आयोजनाले शुक्रबारसम्म कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्के ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया सुरु गर्ने चेतावनीसहितको इमेल ठेकेदार कम्पनीलाई पठाएको थियो ।

‘ठेकेदार कम्पनीले हामीलाई आजसम्म कुनै रेस्पोन्स नै गरेन,’ आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने, ‘सकेसम्म पुरानै कम्पनीबाट बाँकी काम सम्पन्न गरौँ, राष्ट्रिय गौरवको आयोजना समयमा सम्पन्न गरौँ भन्ने थियो, तर सम्भव भएन ।’ पुरानै ठेकेदार कम्पनी फर्काउन सके नेपाली सप्लायर्सको उठाउन बाँकी रकम उठाउन सजिलो हुन्छ भनेर आयोजनाले प्रयास गरेको भए पनि सम्भव नभएको उनले बताए ।

सामान्य प्रक्रियामा गए मेलम्चीको काम सकिन अझै दुई वर्ष लाग्छ

ठेकेदार कम्पनीले काम छाडिसकेको अवस्थामा सामान्य प्रक्रियामा गए मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न हुन अझै दुई वर्षभन्दा बढी समय लाग्ने आयोजनाले जनाएको छ ।

नेपाल सरकारको ठेक्कासम्बन्धी नियम र एसियन डेभलपमेन्ट बैंक ९एसडिबी० को सबै प्रक्रिया सम्पन्न गर्न नौ महिनाभन्दा बढी लाग्ने त्यसपछि ठेकेदार कम्पनीलाई काम सुरु गर्ने समय दिनुपर्नेलगायतको नियम रहेको कार्यकारी निर्देशक कँडेलले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।