२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडी प्रकरण : देउवालाई बचाउन कांग्रेसको यस्तो ‘मास्टरप्लान’



अ+ अ-

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा सभापति देउवा मुछिएको समाचार प्रकासित हुन थालेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माघ २ गते पत्रकार सम्मेलनमार्फत खण्डन गरे । विमान खरिद प्रक्रियामा सभापति देउवाको कुनै भूमिका नरहेको दाबी खण्डनमा गरियो तर आफ्नै पार्टीका केन्द्रीय सदस्य जीवनबहादुर शाहीमाथि लागेको आरोपलाई भने थप पुष्टि गर्न खोजिएको देखिन्छ ।

जुनबेला केन्द्रीय सदस्य शाही पर्यटनमन्त्री थिए त्यहीबेला विमान खरिद प्रक्रियाले गति लिएको कुरा नेपाली कांग्रेसका प्रवक्ता शर्माद्वारा पत्रकार सम्मेलनका क्रममा जारी प्रेस विज्ञप्तिको बुँदा नं २ मा उल्लेख छ । उक्त बुँदामा भनिएको छ, ‘२०७३ साउन १९ मा प्रधानमन्त्री पदबाट ओलीको बिदाइसँगै सोही दिनबाट श्री पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभयो । वाइडबडी जहाज खरिद प्रक्रियाले तत्पश्चात् थप गति लिएको देखिन्छ ।’ तर, दाहाल सरकारमा आफ्नो पार्टीका केन्द्रीय सदस्य शाही पर्यटनमन्त्री रहेको यथार्थता भने विज्ञप्तिमा उल्लेख गरिएको छैन । यति मात्रै भनिएको छ,‘वाइडबडी जहाज खरिदका लागि बोलपत्र आह्वान गर्ने निर्णय ७ असोज २०७३ मा नेपाल वायु सेवा निगम सञ्चालक समितिले गरिरहँदा प्रधानमन्त्री हुनुहुन्थ्यो दाहाल ।’ यो समाचार सौर्य दैनिकमा प्रकाशित छ ।

२०७३ माघ १७ मा दाहाल नै प्रधानमन्त्री रहेका बेला वाइडबडी जहाज खरिदका लागि बैनाबापतको रकम पठाउने निर्णय भएको तथ्य देखिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘वाइडबडी खरिदका लागि आवश्यक ठहर गरिएको २४ अर्ब रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सरकारी जमानीमा निगमलाई दिलाउने निर्णय ५ वैशाख ०७४ मा मन्त्रिपरिषद्ले गरेको थियो । त्यतिबेला दाहाल नै हुनुहुन्थ्यो प्रधानमन्त्री ।’ तर, मन्त्रिपरिषद्मा यो प्रस्ताव लैजाने तत्कालीन पर्यटनमन्त्री शाहीको नाम भने उल्लेख छैन । नाम उल्लेख नभए पनि तत्कालीन पर्यटनमन्त्री शाही सभापति देउवासँग अत्यन्त रुष्ट भएको समाचार स्रोतले जनाएको छ ।

सभापति देउवालाई उम्काउने नाममा आपूmलाई बलिमा चढाउन लागिएको महसुस शाहीले गरेको बुझिएको छ । तत्कालीन पर्यटनमन्त्री शाहीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘आरजु राणा र उनका भाइ भूषण राणा नै यो प्रकरणका मुख्य नाइके हुन्, सुरुमा वाइडबडीका नेपाली एजेन्ट आरजुका भाइ भूषण राणा नै थिए, आरजु लन्डन गएर तीन महिना बस्ने क्रममा बेलायतको नागरिकता लिएका एक नेपालीलाई एजेन्ट बनाएकी हुन्, आप्mनी श्रीमतीको यति ठूलो कर्तुतका विषयमा देउवा बेखबर थिए भन्ने प्रश्नै उठ्दैन ।’

विमान खरिदको प्रायः सबैजसो काम आरजुकी बहिनीको विशालनगरस्थित घरबाट हुने गरेको र उक्त घरमा आरजुका दिदी–भाइ तथा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारको राति अबेरसम्म मिटिङ हुने गरेको खुलासा पनि तत्कालीन पर्यटनमन्त्री शाहीले कांग्रेसका केही नेताहरूसँग गरेका छन् । सभापति देउवामाथिको भ्रष्टाचारको यो आरोप पुष्टि भयो भने नेपाली कांगेस सधँैका लागि समाप्त हुने भन्दै बेलैमा यो समस्याको निरूपण गर्न महामन्त्री पूर्णबहादुर खड्काले समेत सक्रियता देखाएका छन् । यस विषयमा प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर कुरा मिलाउने जिम्मा सभापति देउवाले महामन्त्री खड्कालाई दिएको समाचार स्रोतले जनाएको छ । विगतमा पनि धमिजा काण्डमा तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीलाई र लाउडा काण्डमा तत्कालीन पर्यटनमन्त्री तारिणीदत्त चटौतलाई बलिको बोको बनाइएको नजिर नेपाली कांग्रेसमा छ । यी दुवै निर्णय गर्ने निर्देशन त्यतिबेला पनि प्रधानमन्त्रीनिवास बालुवाटारबाटै भएको थियो ।

ओली सरकारको गलत कामविरुद्ध माघको पहिलो सातादेखि नै देशव्यापी आन्दोलन गर्ने तयारी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको थियो । यही तयारीबीच वाइडबडी प्रकरणमा सभापति देउवाको नाम मुछियो । सभापति देउवामाथि लागेको यो आरोपको खण्डन नगरी आन्दोलनमा जाँदा प्रत्युत्पादक हुने ठहरमा नेपाली कांग्रेसका नेताहरू पुगे । माघ पहिलो सातादेखि सुरु गर्ने भनिएको आन्दोलनलाई फागुन ७ पु¥याइएको छ । माघ १० गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकले आन्दोलनको खाका तयार गर्ने भनिएको छ । तर, गत पुसको पहिलो साता सम्पन्न महासमितिको बैठकले गरेका निर्णयहरू कार्यान्वयन गर्न बाँकी छ । शुक्रबार चितवनमा आयोजित कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सबै समितिहरूको सक्रियताले मात्रै आन्दोलन सफल हुने धारणा राखे । तर, यतिबेला कांग्रेसका धेरैजसो निकाय समितिविहीन छन् । एउटा प्रदेशमा पनि समिति गठन भएको छैन ।

करिब ८० प्रतिशत प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि समितिहरू छैनन् । यसैगरी, ९० प्रतिशतभन्दा बढी पालिकाहरू पनि समितिविहीन छन् । यी समितिहरू बन्नासाथ ७ वटै प्रदेशमा विशाल आमसभा गर्ने र त्यो आमसभामा केन्द्रीय शीर्ष नेताहरू सहभागी भई पार्टी एकढिक्का भएको सन्देश दिने तयारी गरिएको छ । विशाल आमसभा सम्पन्न हुनासाथ फागुन ७ बाट आन्दोलन सुरु हुने बुझिएको छ । सातै प्रदेशमा विशाल आमसभा हुनुअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल विभिन्न जिल्लामा पुग्ने कार्यक्रम रहेको छ ।

माघको पहिलो सातादेखि गर्ने भनिएको आन्दोलनको जिम्मा तरुणदललाई दिइएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महँगी, मूल्यवृद्धि, वाइडबडी, निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक कदमको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध कार्यक्रम सार्वजनिक गरेको छ । विरोध कार्यक्रम माघ ८ गते प्रदेश १ को विराटनगर, माघ ९ गते प्रदेश २ को जनकपुर, माघ १० गते प्रदेश ३ को हेटौँडा, माघ ११ गते गण्डकी प्रदेशको पोखरा, माघ १२ गते प्रदेश ५ को भैरहवा, माघ १३ गते कर्णाली प्रदेशको सुर्खेत र माघ १४ गते सुदूरपश्चिम प्रदेशका धनगढीमा गर्ने नेपाल तरुण दलका महसचिव भुपेन्द्रजंग शाहीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।




भर्खरै