२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंक भन्छ, महँगी घट्यो



अ+ अ-

काठमाडौं । राष्ट्र बैंकले अघिल्लो वर्षको तुलनामा महँगी कम भएको जनाएको छ। कान्तिपुर दैनिकमा समाचार छ, बैंकको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत छ।

अघिल्लो वर्ष सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सीमान्त रूपले मात्र बढेका कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यून रहेको हो।

निर्यात ११ प्रतिशत आयात ३४ प्रतिशले वृद्धि

पाँच महिनामा वस्तु निर्यात ११.२ प्रतिशतले वृद्धि भई ३७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। गन्तव्यका आधारमा भारततर्फ २०.७ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३०.७ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोसाक, पस्मिना, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, रोजिन, छाला र जुत्ता–चप्पललगायतका वस्तुहरूको निर्यात घटेको छ।