२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनियमितताको आरोप निराधार, एन्फामा भ्रष्टाचार नै छैन : शेर्पा



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार जिल्ला फुटबल सङ्घले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ ।

आज एन्फाले पत्रकार सम्मेलन गर्दै चार जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङ जिल्ला सङ्घले लगाएको अनियमितता र भ्रष्टाचार आरोप निराधार रहेको बताएको हो । पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, “चार जिल्लाका साथीहरुले वर्तमान नेतृत्वमाथि १४ आरोप लगाएको छ, जुन आरोप आधारहिन रहेको छ ।”

अध्यक्ष शेर्पाले भ्रष्टाचारको आरोपमा सरकार र एएफसीले छानबिन गरे पूर्ण समर्थन सहयोग गर्ने बताए । उनले भने “आरोपबारे छानबिन हुनुपर्छ । यस विषयमा छानबिन समिति बनोस्, अख्तियार, मन्त्रालय र एएफसीले छानबिन गरे हामीलाई कुनै आपत्ति छैन, छानबिन गर्न सहयोग गछौँ” ।

वर्तमान नेतृत्व चयन भएपछि चार वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग, ललित स्मृति यू–१८, ग्रासरुट फुटबल कार्यक्रम सम्पन्न गरेको बताउँदै एन्फाले यसै वर्ष साफ महिला च्याम्पियनशीप नेपालमै आयोजना गर्न लागेको जानकारी दिएको छ ।

अध्यक्ष शेर्पाले भने “फुटबलको विकासका लागि अन्तर्राष्ट्रिय प्रशिक्षणदेखि कार्यशाला गरेर हामीले फुटबलको विकास गरिरहेका छौँ, केही तत्वहरुलाई यो चित्त बुझेको छैन र हामी विरुद्ध लागेका छन्” ।

यसअघि एन्फा अन्तर्गतको काठमाडाँै, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल सङ्घले निर्वाचनको क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै पत्रकार सम्मेलन गर्दै अडियो टेपसमेत सार्वजनिक गरेको थियो ।