२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा, लेभान्टे पराजित



अ+ अ-

काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार नाउ क्याम्पमा भएको दोस्रो लेगमा घरेलु टोली बार्सिलोनाले लेभान्टेलाई ३–० गोलले पराजित गर्दै समग्रमा ४–२ गोलअन्तरको जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको जितमा औस्माने डेम्बेलेले दुई तथा कप्तान लियोनल मेस्सीले एक गोल गरेका थिए । यसअघिको पहिलो लेगमा २–१ गोलअन्तरको हारको बदला लिने क्रममा खेलको ३०औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए ।

त्यसको एक मिनेटपनि बित्न नपाउँदै डेम्बेलेले ब्यक्तिगत दोस्रो गोल गर्ददा अग्रता दोब्बर भएको थियो ।

पहिलो हाफमा २–० गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । बार्सिलोनाका लागि ५४औं मिनेटमा कप्तान मेस्सीले गोल गरे ।