२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्सि भनेपछि किन मरिहत्ते गर्छन् राउटे ? सरकारले बाँडेको कोट रक्सीमा साटे !



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेश सरकारले ८ लाख रुपैयाँ खर्चेर वितरण गरेको कोट राउटेले मदिरासँग साटेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले एक साताअघि राउटे समुदायलाई जाडोका लागि भन्दै न्यानो कपडासँगै कोट वितरण गरेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सुर्खेतको लेकबेसी जंगलमा बसेका राउटेलाई निजामती कर्मचारीले प्रयोग गर्ने रंगको कोट दिइएको थियो । तर, उनीहरूले एक हप्ता पनि कोट टिकाउन सकेनन् । गुन्यको पछ्यौरा ओढ्ने र आफ्नो छुट्टै पहिरन भएका राउटे समुदायलाई कोट बाँड्न प्रदेश सरकारले ८ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । सरकारले कोटसहित अन्य न्यानो कपडा र खाद्यान्न पनि बाँडेको थियो । तर, राउटेले खाद्यान्नबाहेक सबै कपडा रक्सीमा साँटेको स्थानीयले बताएका छन् ।

सस्तोमा साटियो कोट

राउटे समुदायले सरकारले दिएको न्यानो लुगा र कोट सस्तोमा बेचेको र रक्सीमा साटेको स्थानीयको भनाइ छ । उनीहरूले कोट नलगाउने भन्दै स्थानीयसँग रक्सीमा साटेको लेकबेसी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले बताए । ‘राउटे समुदायका लागि सरकारले दिएका सामग्री राउटेले स्थानीयसँग रक्सीमा साटेका छन्,’ उनले भने । साउटेले न्यानो कपडा, खाद्यान्न र कम्बल एकरदुई दिनमै रक्सीमा साटेको नगर प्रमुख सुनारले जानकारी दिए ।

राउटेको उत्थान र जीवनशैलीमा सुधारका लागि भन्दै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले राउटेलाई न्यानो कपडा वितरणका लागि मात्रै तीन लाख ८८ हजार एक सय रुपैयाँ खर्च गरेको मन्त्रालयका महिला विकास शाखाका अधिकृत अनिता ज्ञवालीले बताइन् । मन्त्रालयले राउटे उत्थान प्रतिष्ठान केन्द्र नामक संस्थालाई रकम उपलब्ध गराएको थियो । मन्त्रालयको रकम खर्चेर प्रतिष्ठानका केही कर्मचारी राउटे बस्तीमा पुगेका थिए ।

राहत बिक्री गर्न अगुवाकै सल्लाह

राउटेको उत्थान र संरक्षणका लागि भन्दै जुटेका अभियान्ताले नै उनीहरूलाई राहत सामग्री बिक्री गर्न र रक्सी खान सिकाउने गरेको स्थानीयको आरोप छ । सरकारले आफूहरूलाई न्यानो कपडा दिन थालेको थाहा पाएपछि उनीहरूले आधुनिक कपडा नलगाउने अडान लिएका थिए । तर, राउटे उत्थानका लागि काम गर्ने अगुवाले सरकारी अधिकारीसहित आउने भएकाले सामग्री बुझेर पछि बिक्री गर्ने सल्लाह दिएको स्थानीयले बताएका छन् । ‘केही गैरसरकारी संस्थाहरूले आफ्नो स्वार्थका लागि राउटेलाई मदिरामा आकर्षित गर्ने गरेका छन्,’ एक स्थानीयले भने ।

प्रदेश सरकार र स्थानीय सरकारको फरक मत

कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई समाजको मूलप्रवाहमा ल्याउनुपर्ने भन्दै सरकारले विभिन्न सामग्रीहरू उपलब्ध गराइरहँदा स्थानीय सरकारले भने राउटेको मौलिक संस्कृतीलाई जोगाउनुपर्ने बताएको छ । दैलेखको गुराँस गाउँपालिकाको स्थायी बासिन्दाको परिचयपत्र बोकेका राउटेको मौलिकालाई जोगाउनुगर्ने गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए ।‘राउटे संस्कृति हाम्रो संस्कृति हो, उनीहरूलाई आधुनिकतामा ल्याउन होइन, उनीहरूको मौलिकता जोगाउनु पर्दछ,’ उनले भने ।




भर्खरै