२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने



अ+ अ-

बेइजिङ । चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने तय भएको छ ।

चीनको बाणिज्य मन्त्रालयले चीनका उपप्रधानमन्त्री लिउ हीको नेतृत्वको टोली जनवरी ३० मा अमेरिका पुग्ने जनाएको छ ।

यही महिनाको शुरुमा अमेरिकी वार्ताकारहरुले चीनको तीनदिने भ्रमण गरेका थिए । दुई मुलुकबीच सन् २०१९ को मार्चभित्रै व्यापारका क्षेत्रमा देखिएका समस्या सुल्झाउन अर्जेन्टिनाको ब्युनस आयर्समा गतवर्षको डिसेम्बरमा सहमति भएको थियो ।

“तीन महिने व्यापार युद्धविराम” नाम दिइएको उक्त सहमति बमोजिम अमेरिका र चीन दुबैले आआफ्ना बस्तु तथा सेवामा थप करवृद्धि गरेका छैनन् ।

चिनीया वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच भएको पूर्व सहमति बमोजिम दुई मुलुकबीचको आर्थिक तथा व्यापार विषयमा गहन छलफल हुने बताउनुभयो ।

उपप्रधानमन्त्री लिउ ही अमेरिकी अर्थमन्त्री स्टीभन मनचिन तथा अमेरिकी व्यापार प्रतिनिधि रबर्ट लाइटीजरको निमन्त्रणामा अमेरिका जान लाग्नुभएको पनि गाओले जानकारी दिनुभयो ।

दुई मुलुकबीचको व्यापार वार्तामा कुनै समाधान नखोजिए आगामी मार्च २ तारिखदेखि करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत करवृद्धि हुने अमेरिकी राष्ट्रपतिले बताउनुभएको छ । अमेरिकाले यसअघि नै चिनीया सामानमा १० प्रतिशत करवृद्धि गरिसकेको छ ।

चीनले समेत प्रतिशोध स्वरुप केही अमेरिकी सामानमा करवृद्धि गरेको छ ।