२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारीको लागि इटाली हिडेका ५ युवक लिबियामा बन्धक, बन्दुकको आडमा मारिदिने धम्की



अ+ अ-

काठमाडौँ । लिबियामा रोजगारीको लागि गएका ५ जना नेपालीलाई बन्धक बनाईएको छ ।

लिबियाका पाँचौ जनालाई स्थानीय गुन्डा समूहर्ले बन्धक बनाएको उल्लेख गरिएको छ । बन्धकमा परेका व्यक्तिहरुले परिवारलाई भिडियो बनाएर पठाएपछि सो कुराको जनाकारीमा आएको नेपालमा रहेका आफ्न्तहरले बताएका छन् । उक्त भिडियोमा उनीहरूले आफूहरूलाई बारम्बार बन्दुक तेस्र्याएर मार्ने धम्की दिने गरिएको जनाएका छन् ।

बन्धक बनाईएका सबै नेपाली एजेन्टबाट इटाली लैजाने भन्दै लिबिया पुर्‍याएका हुन् । लिबियालाई मानव तस्करले युरोप तथा अमेरिका लैजाने मुख्य ट्रान्जिटका रूपमा प्रयोग गर्ने गरेका छन् । एक मिनेटको भिडियोमा उनीहरूले कोठामा १४ पाकिस्तानीसमेत रहेको जनाएका छन् । ‘हामीलाई कोही नभएको एउटा कोठामा बन्धक बनाएर राखेका छन् । बेला–बेला सानो भाँडामा दाल र चामल मिसाएर खाना खान दिने गरेको छ । सबैले त्यही भाँडाबाट हातले झिकेर खानुपर्छ,’ भिडियोमा भनिएको छ, ‘यहाँ को–को माफिया छन् । थाहा छैन । कुट्ने, पिट्ने गर्छ । समय–समयमा बन्दुक तेस्र्याएर मारिदिन्छु भन्दै धम्की दिन्छ ।’

यी युवालाई पोखरा–१९, कास्कीका जितकाजी गुरुङले काठमाडौंका सन्तोष पराजुलीसँग मिलेर चार महिनाअघि दुबई हुँदै लिबिया पठाएका थिए । जितकाजीले इटालीमा फुपूले राम्रो काम लगाइदिने विश्वास दिलाई झन्डै ५१ लाख रुपैयाँ असुलेको पीडित परिवार सदस्यले बताएका छन् । तर ती युवकलाई ईटाली नलगी लिबिया पुर्याईएको हो । लिबियामा अलपत्र परेपछि बारम्बार गुरुङ र पराजुलीलाई जानकारी दिदाँ समेत कुनै चासो नदिएको परिपारका सदस्यहरुले बताएका छन् ।

भिडियो परिवार समक्ष हातमा परेपछि हाल उद्धारका लागि परराष्ट्र मन्त्रालयमा उजुरी दिएका छन् तर लिबियाली दूतावासले भने नेपालीलाई थुनेर राख्ने एजेन्ट वा नेपाली नागरिकको फोन नम्बर उपलब्ध गराउन अनुरोध गरेको छ ।