२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघ कार्यसमितिको म्याद थप, तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिईने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद फेरि थपिएको छ ।

आउँदो माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरे बमोजिम हुनेगरी तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिईने छ ।

संघको विधान अनुसार बुधबार राति १२ बजेपछि नेविसंघको केन्द्रीय समिति भंग हुँदै थियो तर आउँदो माघ १० गते पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय नगर्दासम्म यहिलाई निरन्तरता दिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘माघ १० गते बस्ने कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम हुनेगरी हालको नेविसंघको कार्यसमिति दैनिक कार्यसञ्चालन गर्ने शमौले बताए ।

यसअघि पटक–पटक म्याद थप भएको मितिमा १४ जिल्ला भन्दा अरुमा वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद चुलिएको थियो ।