२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोको हरामद्वारा सैनिक शिवीरमा आक्रमण



अ+ अ-

कानो, नाइजेरिया । बोको हराम लडाकू समूहले उत्तरपूर्वी नाइजेरियाको दुर्गम इलाकामा रहेको सैनिक शिवीरमा सोमबार आक्रमण गरेका छन् ।

त्यसैगरी नाइजेरियामा जारी द्वन्द्वको कारण घरवारबिहिन भएर शरणार्थी स्थलमा बसेका व्यक्तिको शरण स्थलमा समेत आगजनी गरेका सैनिक स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

बोर्नो राज्यको प्रान्तीय राजधानी मैदुगुरीबाट १७५ किलोमिटर टाढा रहेको राना क्षेत्रमा सो आक्रमण भएको थियो । सोमबार अपराह्नमा भएको यस आक्रमणपछि सर्वसाधारण अन्यत्र सारिएको छ । सैनिक स्रोतका अनुसार मैदुगुरीमा भएको यो आक्रमण स्थानीय समयाअनुसार सोमाबार ५२० मा शुरु भएको थियो ।

नाइजेरियामा जारी द्वन्द्वको कारण रानामा अहिले आन्तरिक रुपमा विस्थापित भएका करिब ३५ हजार व्यक्तिहरुको बसोवास भइरहेको बसाइसराइ सम्बन्धि अन्तर्राष्ट्रिय संगठनले जानकारी दिएको छ ।

त्यसैगरी मैदुगुरीबाट ५० किलोमिटर उत्तरपश्चिममा रहेको मगुमेरीमा रहको एक सैन्य शिवीरमा गत आइतबार यस्तै आक्रमण भएको स्थानीय नेताले जानकारी दिएका छन् ।

नाइजेरियामा इस्लामिक लडाकू समूहले सन् २००९ बाट शुरु गरेको द्वन्द्वको कारण २७ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ लाख व्यक्ति अझै घरवारविहीन रहेका छन् ।