२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोमल वलीको नाममा नेकपाको लफडा, तत्काल हटाउन नेपाल पक्षको माग



अ+ अ-

काठमाडौँ । नेकपाका माधव कुमार नेपाल पक्षका नेताहरुले सातवटा प्रदेश कमिटी गठन गर्दा मापदण्ड र विधान विपरीत सदस्यहरु राखिएको भन्दै बिरोध जनाएका छन् । नेपाल पक्षका नेताहरुले योग्यता नपुगेकाहरुलाई हटाउनुपर्ने प्रस्ताव राखेका राखेका थिए ।

तर, महासचिव विष्णु पौडेल र अर्का नेता शंकर पोखरेलले नेपाल पक्षको सो प्रस्ताव ठाडै अस्वीकार गरेपछि कार्यदल बैठक अवरुद्ध बनेको थियो ।

नेपाल पक्षधरकाकार्यदल सदस्यहरुले केही व्यक्तिको नामै लिएर विधान र मापदण्डविना कसरी प्रदेश कमिटी सदस्य बनाइए ? भन्ने प्रश्न राख्दा कार्यदलमा चर्कका चर्कि परेको थियो ।

सांसद कोमल वलीलाई ५ नम्बर प्रदेश कमिटी बनाइएको र कोष्टमा उनी राप्रपा केन्द्रीय सदस्यबाट एमाले प्रवेश गरेको गरेकाले उनलाई हटाउन माग गरेका थिए ।

नेपाल पक्षधर नेताहरुले राप्रपाको व्यक्ति पार्टी सदस्य भएको ६ वर्ष नपुगी प्रदेश कमिटी सदस्य बन्न नपाउने भन्दै चर्के बिरोध गरेका थिए ।

प्रदेश कमिटीमा मनोनित गरिएका कतिपय व्यक्तिहरुको योग्यतामा ‘राजपा जिल्ला अध्यक्ष’ र ‘मेघराज नेपालीका छोरा’ आदि पदावली राखिएको भन्दै कम्युनिस्ट पार्टीको प्रदेश कमिटी सदस्य बन्ने न्युनतम योग्यता पूरा हुनुपर्ने अडान लिएका थिए ।

तर, ओली पक्षले भने विभिन्न पार्टीबाट प्रवेश गरेका व्यक्तिलाई समायोजन गरिएको भन्दै तत्कालीन एमालेको विधान नेकपामा लागु नहुने तर्क गरेका छन् ।