२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारको कमाल, अब पाइपबाटै पेट्रोल



अ+ अ-

काठमाडौं । नेपालमा आउँदो वैशाखदेखि पाइप लाइनमार्फत भारतबाट पेट्रोलियम पदार्थ आउने भएको छ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजनाको रुपमा रहेको मोतिहारी अमलेखगञ्ज परियोजनाअन्तर्गत पेट्रोलियम पदार्थ ल्याउन लागिएको हो ।

करिब ७० किलोमिटर लम्बाइ रहेको परियोजनाअन्तर्गत पाइप बिछ्याउने काम द्रुत गतिमा भइरहेकाले वैशाखसम्म पेट्रोल आउने परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालतर्फको भूभागमा पर्ने ३७.२५ किलोमिटरमध्ये अब १० किलोमिटर मात्र पाइपलाइन बिछ्याउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

नेपाल भारत दुबै सरकारको प्राथमिकतामा रहेको परियोजना भारतीय आयल कर्पोरेशनको दुई अर्ब बढीको लागतमा निर्माण भइरहेको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।