२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी भए अस्पतालका ७ जना नर्स एकैपटक सुत्केरी ?



अ+ अ-

अमेरिकाको इलिनोइसस्थित एक अस्पतालमा काम गर्ने ७ जना नर्स एकै समयमा सुत्केरी भएका छन् । ती सबै नर्सहरुले एकसाथ बच्चा जन्माएपछि उनीहरुले बच्चाका साथ एकसाथ फोटोशूट गराएका छन् ।

सोसल मिडियामा यो फोटो हाल चर्चित बनेको छ । अस्पतालको प्रसूति विभागमा काम गर्ने ७ जना नर्सहरुले वास्तवमा एकसाथ गर्भवती हुने फैसला गरेका थिए ।

फोटोमा नर्सहरुले आफ्नो पोषाकको पछाडि नम्बर पनि लेखेका छन् । त्यो नम्बरले बच्चाको जन्मको क्रम देखाउँदछ ।

बच्चाहरुको जन्म अगष्ट देखि नोभेम्बर सम्ममा भएको छ । दुईजना नर्सले आफ्नो बच्चाको नाम एउटै अर्थात् चार्लोट राखेका छन् ।

यसअघि एन्डर्सन अस्पतालका नर्सहरुले गर्भावस्थाको बेला पनि फोटोशूट पनि गराएका थिए । सात मध्ये चारजनाले छोरी जन्माए र तीन जनाले छोरा जन्माए । करीब ४ महिनाको भित्रमा ती सबै नर्स गर्भवती भएका थिए ।

अस्पतालले पनि बच्चा सहितका नर्स आमाको तस्वीर पोष्ट गरेको छ ।

एजेन्सी