२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुखको ठुटोमा अनौठो पुस्तकालय



अ+ अ-

यदि तपाईंमा किताब पढ्ने शोख छ भने यो खबरबाट निकै रोमाञ्चित हुनुहुनेछ । एकजना पुस्तकप्रेमीले १ सय १० वर्ष पुरानो रुखमा पुस्तकालय खडा गरेका छन् ।

लिटिल फ्री लाइब्रेरी नामक उक्त अनौठो लाइब्रेरी एकजना पुस्तकप्रेमी महिलाले स्थापना गरेकी हुन् । सय वर्ष पुरानो रुखको ढुटोमा बनाएको त्यो पुस्तकालयले धेरैलाई अचम्ममा पार्दछ ।

अमेरिकाको इडाहोमा बनेको यो पुस्तकालय बुढो रुखको ठुटोमा रहेको छ । यो पुस्तकालय स्थापना गर्ने व्यक्ति शराली आर्मितागे होवार्ड हुन् । उनी इडाहोस्थित एउटा पुस्तकालयमा लाइब्रेरियनको जागिर गर्थिन् । स्थानीय मानिसहरुका लागि एउटा मज्जाको पुस्तकालय खोल्ने उनको योजना थियो ।

जब आफ्नो घर अगाडिको बगैँचामा रहेको १ सय १० वर्ष पूरानो रुख ढाल्नका लागि ठुट्याइयो उनको मनमा अनौठो आइडिया फुर्यो, बँचेको ठुटोमा पुस्तकालय बनाउने ।

त्यसपछि उक्त रुखको ठुटोमा तलबाट प्वाल पारेर ढोका बनाई भित्र खोपियो । भित्र खोक्रो पारेर माथिबाट छानो समेत हालियो । रुखको ठुटोभित्र किताबहरु राख्ने घर्रा समेत बनाएर हालियो । जसमा उनले आफुलाई मनपर्नेलगायतका विभिन्न पुस्तकहरु राखेर गज्जबको पुस्तकालय तयार पारिन् ।

यो पुस्तकालय अहिले स्थानीय क्षेत्रमा निकै चर्चित बनेको छ ।

एजेन्सी