२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखनाथ पुस्तकालयमा साहित्य सम्मान



अ+ अ-

भद्रपुर । १३५ औं लेखनाथ जयन्तिको अवसर पारेर भद्रपुर १० स्थित लेखनाथ पुस्तकालय चन्द्रगढीले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
भाषविद प्राध्यापक डा. टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान, श्यामकृष्ण कामाक्ष साहित्य सम्मान, भक्त किरण साहित्य सम्मान, श्यामकृष्ण कामाक्ष छात्रा प्रोत्साहन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।
श्रीप्रसाद ओली स्मृति साहित्य सम्मानबाट भारत आसामकी स्रष्टा इन्दुप्रभा देवी, श्यामकृष्ण कामाक्ष साहित्य सम्मानबाट इलामका कवि यादवप्रसाद अधिकारी, भक्त किरण साहित्य सम्मानबाट दमककी विन्दु दाहाललाई सम्मान गरिएको थियो भने श्यामकृष्ण कामाक्ष छात्रा प्रोत्साहन पुरस्कारबाट वीरेन्द्र माविकी छात्रा विनिषा पौडेललाई नगद ५ हजारले पुरस्कृत गरिएको थियो । यसैगरी स्रष्टा सम्मानबाट भद्रपुरका उपन्यासकार पवन निल र कवि तुलसी उपाध्यायलाई सम्मान गरिएको थियो ।
पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको सभापतित्व तथा प्रदेश संसद ओमप्रकाश सरावगीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा तथा छिमेकी जिल्लाबाट आएका कवि तथा गजदकारले विविध रचना वाचन समेत गरेका थिए ।