२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँमा फसेका एक सय ५० पर्यटकको सेनाद्वारा उद्धार



अ+ अ-

भारत । भारतको सिक्किममा हिउँमा फेसका १ सय ५० पर्यटकलाई भारतीय सेनाले उद्धार गरेका छन्।

भारी हिमपात भएपछि उत्तरी सिक्किमको प्रख्यात पर्यटकिय स्थल लाचुङ उपत्यका घुम्न गएका पर्यटकहरु हिउँमा फसेका थिए।

अप्रत्याशित रुपमा २ घण्टासम्म परेको हिमपातले पर्यटकहरु बाहिर निस्कन सकेका थिएनन्। भारतीय सेनाको त्रिशक्ति समूहले घटनाबारे जानकारी पाए लगत्तै उद्धार गरेको हो।

करिब ४ घण्टाको अन्तरालमा सेनाले जोखिममा रहेका पर्यटकको ज्यान जोगाएका हुन्। मेडिकल टिमसहित सेनाको टोली त्यस स्थानमा पुगेका थियो।

पर्यटकहरुमा स्वासप्रस्वास र उचाइका कारण निम्तने समस्याहरु देखा परेका थिए। सेनाले उनीहरुलाई खाना, बस्न र स्वास्थ्य सेवाको सुविधा प्रदान गरेका थियो।

सिक्किममा गत डिसेम्बर २८ तारिखमा समेत यस्तै घटना घटेको थियो। हिमपातका कारण निम्तनसक्ने खतरा मध्यनजर गर्दै भारतीय सेनाले सिक्किम नटुला क्षेत्र घुम्न गएका ३ हजार पर्यटकको उद्धार गरेका छ।