२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी जयन्तीमा राप्रपाको बृह्त चियापान कार्यक्रम, पठाईयो १० हजार अतिथिलाई निम्तो



अ+ अ-

काठमाडौं । २९७ औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा)ले चियापान कार्यक्रमको आयोजना गर्न भएको छ ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पुस २७ गते शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त चियापानका लागि अध्यक्ष कमल थापाको नामबाट विशिष्ट अतिथि र पार्टी सदस्यहरु लाई दश हजार कार्ड वितरण गरिसकेको छ ।

दिउँसो एक बजेदेखि तीन बजेसम्म हुने चियापान समारोहमा उपस्थितीका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अङ्गका प्रमुखहरु, निजामती, जङ्गी सेवाका बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु लगायतलाई निमन्त्रणा गरिने जनाएको छ ।