२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मड्रिडद्वारा लेगानेस पराजित, सर्जियो रामोसले पनि गरे गोल



अ+ अ-

काठमाडौं । रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलमा लेगानेसलाई पराजित गरेको छ ।

बुधबार राति मड्रिडले आफ्नै घरेलु मैदानमा भएको पहिलो लेगमा लेगानेसलाई ३–० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा सर्जियो रामोस, लुकास भाजक्वएज र भिनिसियस जुनियरले गोल गरे ।

खेलको ४४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रामोसले रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

खेलको ६८औं मिनेटमा भाजक्वएजले गोल गर्दै रियललाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ७७औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३–० गोलको जित दिलाएका हुन् ।

अन्य खेल……………..

बुधबार राति भएको खेलमा गेटाफेले रियल भलाडोलिडलाई १–० गोलअन्तरले पराजित गर्दा भिल्लारियल र स्पानियोल २–२ गोल तथा अर्को खेलमा गिरोना र एट्लेटिको मड्रिड १–१ गोलको बराबरीमा रोकिएका छन् ।




भर्खरै