२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.केसीसँग भएको सहमति तोड्दै चिकित्सा शिक्षा प्रतिवेदन बहुमतले पारित



अ+ अ-


काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको छ । उक्त प्रतिवेदन यसअघि डा.अनशनको समयमा डा.गोविन्द केसीसँग भएको सहमतिको विरुद्धमा छ । यो प्रतिवेदन बहुमतले पास भएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बहुमतका आधारमा पास भएको यस प्रतिवेदनमा डा.केसीसँग भएको सहमति तोडिएकोले कांग्रेसले विपक्षमा मत दिएको छ । काँग्रेसले सो प्रतिवेदनको विरोध पनि गरेको छ ।


उक्त पछिल्लो प्रतिवेदनको विरोध गर्दै कांग्रेसले डा. केसीसँग भएको सहमतिअनुसार नै प्रतिवेदन पास हुनुपार्ने मत राखेको थियो । तर पनि समितिमा नेकपाको बहुमत भएकोले काँग्रेसको केही लागेन । यस प्रतिवेदनमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाइएको छ । साथै आशयपत्र लिई पूर्वाधार पुरा गरेको शिक्षण संस्थालाई सरकारलाई सम्पत्ति हस्तान्तरण गर्ने वा चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेक क्षेत्रमा स्थानान्तरण गर्ने विकल्प दिइएको छ । यो डा. केसी र सरकारबीच १० साउनमा भएको सहमति पनि हो ।


एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने प्रावधान प्रतिवेदनमो छ । तर, सम्बन्धन लिइसकेका र मानसाय पत्र लिई मापदण्ड पुरा गरेका उपत्यका बाहिरको शिक्षण संस्थाको हकमा लागू हुने नहुने भएको पनि सो प्रतिवेदनमा छ । उपत्यका बाहिरको हकमा आयोगले निर्णय गर्ने र त्यसमा ऐनको कुनै पनि कुराले बाधा नगर्ने उल्लेख छ ।


डा. केसीसँग भएको सहमति र माथेमा आयोगको सिफारिस विपरित समितिको यो निर्णय भएको छ । माथेमा आयोगले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नहुने सिफारिस गरेको थियो । सोही आधारमा सरकार र डा. केसीबीच पनि त्यही सहमति भएको थियो ।