२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपिका पादुकोणलाई उछिन्ने दाउमा आलिया, के सम्भब होला त?



अ+ अ-

नायिका आलिया भट्ट अबको समयमा अहिलेकी नम्बर १ नायिका दीपिका पादुकोणको लागि चुनौती बनिरहेकी छिन् । सन् २०१८ मा दीपिका पादुकोणको ‘पद्मावत’ र आलिया भट्टको ’राजी’ प्रदर्शनमा आयो । ‘पद्मावत’बाट दीपिकाले राम्रै प्रशंसा पाइन् । उता, ‘राजी’बाट आलियाको चर्चा निकै माथि पुग्यो । दीपिका भन्दा आलियाको लोकप्रियता बढी देखियो ।

बलिउडमा नायिका दीपिका पादुकोणको प्रिय निर्देशक बनेका संजयलीला भंसालीको आगामी चलचित्रमा नायिका अलिया भट्टले काम गर्न लागेको खबर चर्चामा छ । संजयले लगातार तीन सफल चलचित्रमा दीपिकासँग काम गरेका थिए । दीपिकालाई लिएर भंसालीले ‘रामलीला’, ‘बाजीराओ मस्तानी’ र ‘पद्मावत’ जस्ता चलचित्र बनाएका थिए ।

तर अहिले भंसाली आफ्नो नयाँ प्रोजेक्टमा आलियालाई लिने तयारीमा छन् । भंसाली र आलियाले काम गर्ने पक्का भएको त छैन । तर, भंसाली आलियालाई लिएर गम्भिर रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भंसाली दीपिका आफ्नो सदबाहर मन पर्ने नायिका भएको बताउँछन् । भंसालीले दीपिकासँग तीन हिट चलचित्रमा काम गरेपछि अब भने केही परिवर्तन गर्ने सोचमा पुगेका छन् ।

दीपिकाले बिहे गरेर नयाँ जीवन सुरु गरिसकेको अवस्थामा अब उनलाई नयाँ पुस्ताका नायिकाले रिप्लेस गर्न लागेको टिप्पणी गर्न थालिएको छ । दीपिकाको यो बर्ष कुनै पनि चलचित्र रिलिज हुने संकेत देखिएको छैन ।