२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा दुईको मृत्यु



अ+ अ-

रोल्पा । लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।

सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते १४ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । अन्यको सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।