२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले लियो यस्तो अडान, प्रधानमन्त्री ओली तनाबमा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसद् बैठकमा प्रश्नोत्तर गर्न तयार नभएसम्म संसद् चल्न नदिने बताएको छ । संसदीय मूल्य र मान्यताविपरीतको अभ्यास सरकार, सभामुख र प्रधानमन्त्रीबाट भएको भन्दै कांग्रेसले संसद् बैठकमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तरका लागि तयार नहुँदासम्म बैठक चल्न नदिने बताएको हो ।
आइतबारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको प्रस्ताव राखेपछि प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि सभामुखमार्फत समय मागेको थियो ।

तर, सभामुख कृष्णबहादुर महराको आग्रहलाई प्रधानमन्त्रीले स्वीकार नगर्दा कांग्रेस सांसद रुष्ट हुँदै संसद् बैठक नै अवरोध गरेका थिए । संसद् सचिवालयले संसद् बैठक बुधबारका लागि बोलाएको छ । तर, कांग्रेस सांसदले भने बुधबारको बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरका लागि तयार भए बैठक चल्न दिने नभए नदिने भन्दै अडान लिएका छन् ।

कांग्रेस सचेतक पुष्पा भुसालले संसदीय नियम र परम्परालाई सरकारले नमान्ने हो भने संसदीय अभ्यासमाथि नै प्रश्न उठ्ने भन्दै गलत नजिर बसाउनेतर्फ सरकार जान नहुने बताइन् ।‘संसदीय नियम र मूल्य मान्यताविपरीत कोही जान सक्दैन, यो प्रतिपक्षको मात्रै सवाल होइन । सांसदले नबुझेका कुरा नियमावलीअनुसार नै बुझिएन भनेर प्रश्न गर्न पाउनुपर्छ,’ सचेतक भुसालले भनिन्, ‘संसदीय अभ्यासमै प्रश्न उठ्ने काम सरकार र सभामुखबाट नहोस् ।’

उनले बुधबारको बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरका लागि तयार भए बैठक चल्ने, नभए संसदीय अभ्यासलाई बन्धक बनाएर जान नसकिने भन्दै बैठक नै चल्न नदिने जानकारी दिइन् । सभामुखले संसद्को कार्यसञ्चालन नियमावली २१९ को १ बमोजिम प्रधानमन्त्रीलाई सार्वजनिक महŒवको विषयमा वक्तव्य वा जानकारी दिन अनुमति दिएकाले प्रश्नोत्तर गर्न पाउनुपर्ने कांग्रेसको तर्क छ ।

सभामुखले नियमावलीको २१९ को उपनियम १ प्रयोग गरेर प्रधानमन्त्रीलाई सरकारका कामको जानकारी गराउन अनुमति दिएपछि २१९ कै उपनियम २ बमोजिम सांसदले प्रश्न गर्न पाउने नियमावलीमा उल्लेख छ ।
तर, कांग्रेस सांसदहरूले भने नियमावलीको २१९ को उपनियम १ प्रयोग भएको तर उपनियम २ को प्रयोगमा रोक लगाएको भन्दै सरकार र सभामुखको आलोचना गर्दै आएका छन् ।

आइतबारको बैठकमा उपनियम १ अनुसार मात्र सरकारको काम कारबाहीको जानकारी आएको तर त्यही संसद्मा उपनियम २ को प्रयोग गर्न नपाएको भन्दै नाराबाजीसमेत भएको थियो ।

प्रधानमन्त्री ओलीले आइतबारको संसद् बैठकमा सरकारले हालसम्म गरेका विषयमा प्रतिनिधिसभामा जानकारी गराएका थिए । प्रतिपक्षीको विरोधका बाबजुद पनि सभामुख महराले अर्थसमिति सभापति कृष्णप्रसाद दाहाललाई निवृत्तिभरण कोष विधेयक २०७५ को भुक्तानी र फस्र्योटसम्बन्धी प्रतिवेदन पेस गर्ने अनुमति दिएका थिए । राजधानी दैनिकमा खबर छ ।