२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाखुसीमा अनियन्त्रित माइक्रोबसको ठक्करबाट एकको मृत्यु, ४ घाइते



अ+ अ-

काठमाडौं । राजधानीको सामाखुसीमा सडक पार गर्दै गरेका बटुवालाई माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

यस्तै उक्त घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उनको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ । अन्य तीन घाइतेको ग्रीन सिटी अस्पतालमा सामाखुसीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा धम्बाराहीकी सीता दाहाल रहेकी छिन् । कलंकीबाट बौद्ध–थलीतर्फ जाँदै गरेको बा १ ज ९७६६ नम्बरको अनियन्त्रित माइक्रोले उनीहरुलाई ठक्कर दिन पुगेको थियो ।

प्रहरीले माइक्रो र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन सुरु गरेको छ ।