२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ सिसाखानीमा रहेको विद्याविकास प्राथमिक विद्यालयलाई आइतबार एक कार्यक्रमका बीच भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ ।

२०७२ वैशाखमा गएको भूकम्पले विद्यालयको पाँच कोठे भवनमा क्षति पुर्याएपछि जीर्ण भवनमा नै अध्ययन अध्यापन हुँदै आइरहेको थियो । भवनमा क्षति पुर्याएपछि पुनःनिर्माणको लागि विद्यालयले गरेको आग्रहमा हिमाली गाउँ संरक्षण नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कूल रु ३५ लाख २२ हजार १५२ लागतमा भवन निर्माण गरी हस्तान्तरण गरिएको हो ।

पाँच कोठा रहेको सो विद्यालयको भवन आइतबार रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले उद्घाटन गर्नुभएको हो ।

हिमाली गाउँसंरक्षण नेपालका अध्यक्ष नीरध्वज लामाले बनाएर हस्तान्तर गरेको विद्यालयको भवन संरक्षण गर्ने दायित्व विद्यालय व्यवस्थापन समिति र अभिभावकको भएको बताउनुभयो । “भवन बनाएर मात्रै हुँदैन, विद्यार्थीलाई नियमित उपस्थित गराएर गुणस्तर शिक्षा शिक्षण गर्नुपर्ने कर्तव्य शिक्षकको हो ।” लामाले भन्नुभयो, “त्यसको लागि अभिभावकको पनि आफ्नो बालबालिका विद्यालय नियमित गएको छ छैन हेर्ने जिम्मा पनि हो, त्यसलाई पनि यहाँहरूले पूरा गर्नुहोला ।” विद्यालयको भवन निर्माण गर्न जर्मनी संस्था हिमालयन परियोजनाको सहयोग रहेको छ ।

विद्यालय व्यवस्था समितिका अध्यक्ष च्याङबा लामाले समस्यामा रहेको विद्यालयलाई भवन निर्माण गरी बालबालिकालाई सुविधासम्पन्न भवनमा पढ्न पाउने वातावरण बनाएकोमा खुशी व्यक्त गर्नुभयो ।

शिशु कक्षादेखि कक्षा ५ सम्म अध्यापन हुने सो विद्यालयमा बालविकास सहयोगी कार्यकर्ता एक जना, प्रावि राहत शिक्षक दुई जना र निजी स्रोतबाट एक जना गरी चार जना शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर लामाले बताउनुभयो ।

सो संस्थाले यसअघि सिसाखानीको भूमेस्थान माविको लागि दुई तले आठ कोठे शिक्षक आवशीय भवन र भूकम्पले क्षतिग्रस्त गणेश आधारभूत विद्यालयको लागि सात कोठे विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।
रासस