२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति थापा पुस २७ गते भारत जाने, सैनिक प्रवक्तामा यामप्रसाद ढकाल



अ+ अ-

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी शुक्रबार (पुस २७ गते) बाट भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उहाँ पहिलोपटक भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएको हो ।

भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुहुनेछ । नेपाल र भारतबीच एक अर्काे देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको दज्र्यानी दिने प्रचलन छ । भ्रमणका क्रममा प्रधानसेनापति थापासँग त्यहाँका रक्षामन्त्री र सुरक्षा सल्लाहकारबीच भेटघाट हुने कार्यक्रम छ ।

भारतको छ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कनुहुने सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो ।

सैनिक प्रवक्तामा ढकाल

नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायकरथी यामप्रसाद ढकाललाई दिएको छ ।

पूर्वी पृतनामा चिफ अफ स्टाफको जिम्मेवारीमा रहनुभएका ढकाललाई जङ्गी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुखसहित प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

उहाँले आगामी सातादेखि जिम्मेवारी सम्हाल्नु हुनेछ । हालका प्रवक्ता एवं सहायकरथी गोकुल भण्डारीको सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा काज सरुवा भएको छ ।

उहाँले नयाँ प्रवक्तालाई आगामी साता जिम्मेवारीको बुझ बुझारत गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयबाट थाहा भएको छ । सैनिक प्रतिष्ठान खरिपाटीका प्रमुख एवं सहायकरथी सीताराम खड्काको मध्यपश्चिम पृतनामा सरुवा भएको छ ।