२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा जापानको रक्षा बजेट बढ्ने आशा व्यक्त



अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरमा प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा जापानले आफ्नो रक्षा बजेट बढाउने आशा व्यक्त गरेकोजापानी सञ्चारमाध्यमले शनिबार जनाएको छ।

किशिदाले चीनको बढ्दो उदयको बीचमा जापानको रक्षा खर्च बढाउन उत्सुकता देखाएको बेला बाइडेनको टिप्पणी आएकोक्योडो न्यूजले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ। अहिलेसम्म जापानले आफ्नो रक्षा बजेट बढाउँने प्रतिबद्धता व्यक्त गरेको छ । शनिबार जापानी प्रधानमन्त्रीले आफ्नो देशको रक्षा क्षमता सुदृढ गर्ने वाचा गर्नुभएको छ ।

किशिदाको उक्त टिप्पणी ग्राउन्ड सेल्फ-डिफेन्स फोर्स (GSDF) बेसमा भाषणको क्रममा आएको थियोजहाँ किशिदाले उत्तर कोरियाको क्षेप्यास्त्र प्रविधिको द्रुत विकास र चीनको सैन्य विस्तारको बारेमा चिन्ता व्यक्त गर्नुभएकोक्योडो समाचारले उल्लेख गरेको छ।

जब जापानले आफ्नो विदेश र सुरक्षा नीतिहरू परिमार्जन गर्छ तब सेल्फ डिफेन्स फोर्सहरूलाई आक्रमण गर्न सक्ने क्षमता दिने विचार सहित सबै विकल्पहरू टेबलमा हुनेछन्, किशिदाले भन्नुभएको छ ।

जापानी प्रधानमन्त्रीले पर्याप्त पारदर्शिता कायम नगरी आफ्नो सेनालाई बलियो बनाउन चीनको चाललाई पनि औंल्याउँनुभएको छ। 'चीनले पर्याप्त पारदर्शिता बिना नै आफ्नो सेनालाई बलियो बनाउन काम जारी राखेको छ रू यथास्थिति परिवर्तन गर्न एकपक्षीय प्रयास समेत गरिरहेको छ,' किशिदाको टिप्पणी छ। 

यसअघि शुक्रबार ५० एसियाली र युरोपेली मुलुकका नेताहरूको भर्चुअल बैठकमा पनि किशिदाले चीनमा मानवअधिकारका विषयमा गम्भीर चासो व्यक्त गरेको जनाइएको छ । किशिदाले शिखर सम्मेलनको बीचमा हङकङ र उत्तरपश्चिम चीनको सिनजियाङ क्षेत्रको अधिकारको अवस्थाबारे चिन्ता व्यक्त गरेको समाचार प्रसारित भएका छन्। (रासस-एएनआई)