२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्लोरिडाको सवारी दुर्घटनामा सात जनाको मृत्यु



अ+ अ-

फोर्ट लाउडरभिल, अमेरिका ।  संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्याँकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । 

उक्त दुर्घटनाका क्रममा सवारी साधनमा आगो समेत लागेको थियो । उद्धारकर्मीहरुले आगो नियन्त्रणमा ल्याउनुका साथै केही घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय प्रहरीले जनाएको छ । आगलागीका कारण सडकमा समेत क्षति पुगेको छ । 

फ्लोरिडा राजमार्ग अनुगमन कार्यालयका प्रवक्ता प्याट्रिक रिओरडानले आगलागीको कारणबारे अनुसन्धान शुरु गरिएको बताउनुभएको छ । दुर्घटनामा एक परिवारका सबै सदस्य मारिएको भन्दै प्रवक्ता रिओरडानले उनीहरु सवारीसाधन जुधेर मारिएका हुन् वा आगोले डढेका हुन् भन्ने अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 
––