२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्द पराजुलीको अध्यक्षतामा एयरबस खरिदमा जाँचबुझ आयोग गठन



अ+ अ-

काठमाडौैं । एयरबसकाे वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचार र अनियमितताका सम्बन्धमा छानविन गर्न सरकारले पूर्व मूख्य न्यायाधीश गाेविन्दप्रसाद पराजुलीकाे अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितका अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको भोलिपल्ट सरकारले आयोग बनाएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गठन गरेको आयोगका सदस्यहरूमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकोउन्टेण्ड मदन शर्मा सदस्य रहेका छन् ।

जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम गठित आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यभार दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयाे ।

मन्त्रिपरिषदको निर्णयमा भनिएको छ- ‘नेपाल एयरलाइन्सद्वारा खरिद गरिएका दुईवटा वाइड बडी विमान ३३०-२०० का सम्बन्धमा उठेका महत्वपूर्ण सार्वजनिक सवालमा जाँचबुझ गरी नेपाल सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रिपरिषदले एक जाँचबुझ आयोग गठन गरेको छ ।’

नेपाल वायुसेवा निगमले दुई वटा वाइडबडी विमान भित्र्याएदेखि नै अनियमिताको प्रश्न उठेको थियो तर, सरकारले छानविन गरेन ।

‘लेखा समितिले छानविन गर्नु अगाडि नै सरकारले छानविन गर्नुपर्‍यो’ लेखा समितिका एक सदस्य भन्छन्, ‘उपसमितिले प्रतिवेदन दिइसकेपछि अर्को छानविन किन ? जबकी उपसमितिको प्रतिवेदनबारे लेखा समितिले निर्णय समेत गरेको छैन । भोलि बैठक बोलाइएको छ ।’

संचार मन्त्री बास्काेटाले सार्वजनिक लेखा समितिमा छलफल समेत नगरी उपसमितिले प्रतिवेदन सार्वजनिक गरेकाेप्रति असुन्तुष्टी प्रकट गर्नुभएकाे छ । उहाँले लेखा समितिकाे अध्ययनकै भरमा अहिल्यै पर्यटन मन्त्रीलाइ दाेषी भन्न सकिन्न भन्दै दाेषी देखिए जाेसुकैमाथि कारबाही गर्न सरकार तयार छ भन्नुभयाे ।