२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न मान रह्यो , न कार्यकक्ष, तैपनि न्यायाधीश दीपकराज जोशी सर्वाेच्च अदालत पुग्छन् !



अ+ अ-

१९ पुस, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुमाथि निगरानी थालेका छन् ।

बिहीबारको न्यायपरिषद बैठकमा बरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई सहभागी गराइएन । संसदीय सुनुवाइबाट अस्वीकृत भएका जोशी सहभागी हुने बैठकमा नजाने कानुनमन्त्री भानुभक्त ढकालको अडानका कारण परिषद्को बैठक बस्न सकेको थिएन ।संवैधानिक इजलासमा समेत नपारिएका बरिष्ठतम न्यायाधीश जोशीलाई मेलमिलाप परिषदको अध्यक्षबाट समेत हटाइएको छ । उनको ठाउँमा ईश्वरप्रसाद खतिवडालाई अध्यक्ष तोक्न न्याय परिषदले प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ ।जबरा प्रधानन्यायाधीश भए लगत्तै इजलास खोसिएका विवादस्पद जोशीको बरिष्ठतम हैसियत र कार्यालय (चेम्बर) समेत खोसिएको छ ।राणाले पद सम्हाले लगतै जोशीलाई राजीनामा दिएर अदालतलाई निकास दिन सुझाएका थिए । त्यसको भोलिपल्टै जोशीको बरिष्ठतम न्यायाधीशको हैसियत पनि खोेसिएको छ ।दोस्रो वरियतामा रहने न्यायाधीशलाई दिने गरिएको एक नम्बर इजलास दीपककुमार कार्कीलाई दिएका छन् । सर्वोच्चको न्यायाधीशहरुको वरियतामा जोशीपछि कार्की आउँछन् । बिहीबारबाटै जोशीको कार्यकक्षमा दीपक कार्कीलाई सारिएको छ ।जोशीलाई बिहीबारबाटै इजलास तोकिएको छैन ।राणाको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद बैठकले न्यायाधीशउपर आउने गुनासा र टिकाटिप्पणी सन्दर्भमा तत्काल सम्बोधन गर्ने संयन्त्र तोकेको छ । प्रधानन्यायाधीश र न्यायिक अनुगमन तथा निगरानी संयन्त्रबाट न्यायाधीशहरुमाथि अनुगमन तथा निगरानी गर्ने र त्यसको प्रतिवेदन लिएर आवश्यक कदम चाल्ने परिषद्को निर्णय छ ।बैठकले संवैधानिक इजलासको पुनर्गठन समेत गरेको छ । इजलासमा प्रधानन्यायाधीश राणासँगै न्यायाधीशहरु दिपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की छन् ।यसैबीच बैठकले उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा सुर्खेतबाट हरिकुमार पोखरेललाई सरुवा गरिएको छ । रिक्त रहेको मुख्य न्यायाधीश पदमा उच्च अदालत पाटनको हेटौंडा इजलासकी न्यायधीश सुष्मालता माथेमालाई पदस्थापन गर्न सिफारिस गरिएको छ ।