२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार आफैं वाइडबडी प्रकरणको छानबिन गर्छ, अहिले नै कसैलाई कारबाही हुँदैन: मन्त्री बास्कोटा



अ+ अ-


काठमाडौं । सरकार आफैले वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन गर्न बताएको छ ।

रकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाका अनुसार लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनकै भरमा अहिले नै कसैलाई निलम्बन तथा कारबाही नगर्ने बताएका हुन् । उनले सरकारी पक्षबाट छानबिन गरेर मात्रै कारवाहिको प्रकृया अगाडि बढाइने बास्कोटाले जनाएका छन् ।

बिहिबार संञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दैउपसमितिले लेखा समितिलाई प्रतिवेदन बुझाउनु अघि नै खरिद प्रकरणमा निचोड दिएर सार्वजनिक गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले भने, ‘विगतका पराम्परा, अभ्यास, कानुनी प्रावधान हेरेर समिति बनाउन तयार छौं । त्यसको निचोड नआएसम्म कसैमाथि अभियोग लाग्नासाथ प्रमाणित मानिँदैन । प्रमाणित हुने धेरै निकाय पार गर्नुपर्छ ।’

उनले अभियोग प्रमाणित भएपछि मितको छोरा, आफ्नो छोरा नभन्ने तर, अहिले नै कसैलाई कारबाही नगर्ने बताए । ‘कुनै कुरा आउनासाथ अन्तिम फैसलाका रुपमा ग्रहण गर्न सकिँदैन । छानविनको उचित निष्कर्ष आओस्’, मन्त्री बास्कोटाले भने ।

विज्ञापन नियमन गर्ने विधेयक संसदमा पेश गर्ने, साक्षर वर्ष २०७६ को अवधारणा स्वीकृत गर्ने, उखुको न्यूनतम खरिद मूल्य प्रति क्वीन्टल रु. ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गर्ने तथा पाँच वटा अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तरण गर्न सैद्धान्तिक सहमति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

यसैबीच, सार्वजनिक विदाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषदले गृहमन्त्री रामबहादुर थापा, माेहम्मद इस्तियाक राइ र रविन्द्र अधिकारी रहेकाे मन्त्रीस्तरीय ३ सदस्यीय समितिले विदाकाे थप विदा दिन सिफारिस गरेकाे छ ।

विदाकाे थप प्रस्तावित सूची निम्न अनुसार छः

मन्त्रिपरिषदको निर्णयको विस्तृत विवरण यसैसाथ छः

[googlepdf url=”http://newspolar.com/wp-content/uploads/2019/01/cabinet-2075-09-19.pdf” download=”Download” ]