२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल बिरुद्द भिड्दै म्यानचेस्टर सिटी



अ+ अ-

 

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुल बिच खेल हुने भएको छ । बिहीबार राति पौने २ बजे हुने खेल प्रिमियर लिगको उपाधि होडमा निकै महत्वपूर्ण हुनेछ ।

जारी लिगमा एक खेल पनि नहारेको लिभरपुल र तीन खेल हारेको म्यानचेस्टर सिटीबीचको खेलले महत्वका साथ हेरिएको छ । यसअघि लिगमा लिभरपुल र सिटि आमने सामुने हुदाँ गोलरहित बराबरी खेलेका थिए ।

२० खेलमा ५४ अंकसहित शीर्ष स्थानमा रहेको लिभरपुल र ४७ अंकसहित तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीबीचको खेलले लिगमा भविष्य निर्धारण गर्न भूमिका खेल्नेछ । एक खेल बढी खेलेको टोटनह्याम ४८ अंकसहित दोस्रो स्थानमा छ ।

२०१४ अप्रिल २० मा म्यानचेस्टर सिटीभन्दा लिभरपुल ९ अंकले अघि थियो । तर, अन्तिममा सिटीले लिग जितेको थियो ।

आजको खेलमा लिभरपुलभन्दा पछि परेकाले पनि बिहीबारको खेलमा म्यानचेस्टर सिटीलाई जितको दबाव हुने छ । लिभरपुललाई भने जित निकाल्न नसकेपनि बराबरीले नै ठूलो राहत दिने छ ।