२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा कार्यालय भवन निर्माण



अ+ अ-

मेलम्ची । स्थानीयतह निर्वाचनको २१ महीनापछि बलेफी गाउँपालिका–४ वडा कार्यालय आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ ।

वडा कार्यालयको भवननिर्माण सम्पन्न भएपछि पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद अग्निप्रसाद सापकोटाले बुधबार नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गर्नुभयो ।

वडा कार्यालयको भवन उद्घाटन भएसँगै बलेफी गाउँपालिका–४ नम्बर वडा जिल्लाकै पहिलो वडा बनेको छ ।स्थानीयतह निर्वाचन भएसँगै गाउँगाउँमा सिंहदरबारका अधिकार आएको भन्दै सांसद सापकोटाले जनतालाई सहज र सरलरुपमा सेवा दिनका लागि जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

गाउँपालिकाले भवन निर्माणका लागि रु ४२ लाख रकम विनियोजन गरेपछि वडाको केन्द्र अदमारामा कार्यालयको भवन निर्माण गरिएको वडाध्यक्ष कालीप्रसाद तामाङले बताउनुभयो । छ आना जग्गामा सात कोठे सुविधासम्पन्न भवन निर्माण भएपछि सामान्य कामका लागि स्थानीय जनतालाई बलेफी बजार झर्नुपर्ने बाध्यता हटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले बताउनुभयो । वडा कार्यालयको भवन नहुँदा ५ नम्बर वडास्थित बलेफी बजारमै अस्थायीरुपमा ४ नम्बर वडाको कार्यालय सञ्चालन हुँदै आएको थियो । रासस