२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौधरी प्रकरण: राजनीतिक मुद्दामा थुनेर हुँदैन, समझदारीबाट अगाडि बढ्नुपर्छ



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं स्थास्थ्यमन्त्री उपेन्द्र यादवले सांसद रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्ने बताएका छन् ।

राजपा,कम्युनिष्ट र आफूलगायत सबैतिरबाट पहल भएपछि मात्रै चौधरीलाइ सपथ ग्रहण गराउने सहमति भएको उपप्रधानमन्त्री यादवले बताएका छन् । उनले भने,‘यदि सरकारले र मैले बेलैमा पहल नगरेको भए चौधरीको सपथ हुदैन थियो । चारैतिरबाट चौधरीलाइ सपोर्ट आएको भएर नै यो सम्भब बनेको छ ।’

हाल जेलमा रहेका सांसद चौधरीमाथि लागेको मुद्दा राजनीतिक भएकाले उनलाई रिहा गरेर राजनीतिक समझदारीका आधारमा हल गरिनुपर्ने मन्त्री यादवले बताए । यादवले भने ‘यो राजनीतिक मुद्दा हो । राजनीतिक मुद्दामा थुनेर हुँदैन, राजनीतिक समझदारीबाट अगाडि बढ्नुपर्छ ।’

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको हत्या गरेको उनीमाथि अभियोग थियो। घटनाका मुख्य आरोपी चौधरी निर्दोष भएको भन्दै उनीविरुद्ध लगाइएको मुद्दा फिर्ता लिन राजपाले माग गर्दै आएको थियो।

टीकापुर घटनामा संलग्न भएको आरोपमा चौधरीसहित २७ जनामाथि मुद्दा चलाइएको थियो। २४ जना अहिले पनि धनगढी कारागारमा छन्।