२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला पूर्वाधार निर्माण गर्दै भरतपुर महानगर



अ+ अ-


चितवन । देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिका भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवासुविधा प्रदान गर्ने गरी ठूला पूर्वाधार निर्माणले गति लिन थालेको छ । महानगरप्रमुखमा निर्वाचित भएसँगै रेनु दाहाल भरतपुरलाई देशकै नमूना महानगर बनाउन स्वदेशी र विदेशी सङ्घ संस्थासँगको सम्बन्धलाई विस्तार गर्दै अघि बढ्नुभएको छ ।

उहाँको अभियानलाई महानगरसमेत पर्ने चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि साथ छ । प्रमुख दाहाल प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको सहयोगमा निर्वाचित हुनुभएको हो । उहाँको पार्टी माओवादी केन्द्र पूर्वएमालेसँग एकिकृत भैसकेकाले दाहाललाई काममा सहज पनि भएको छ ।

केही समय अन्योल बनेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको रामपुरको जग्गामै बन्ने पक्का भएको छ । उक्त महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनको सहकार्यमा उक्त रङ्गशाला निर्माण प्रक्रिया अघि बढेको हो । सो कार्यकमा लागि जमीन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय तयार भएको महानगरप्रमुख दाहालले बताउनुभयो । रु दुई अर्बभन्दा बढी लगानी गरेर एशियाकै नमूना रङ्गशाला बनाउने योजनामा महानगरको छ ।

महानगरपालिकाका अनुसार निकै गृहकार्यपछि यहाँको सभागृह ९सिटी हल० निर्माणकार्य अघि बढाइएको छ । शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सभागृह निर्माणका लागि जिल्ला समन्वय समितिको परिसरमा रहेको चार बिघा चार कठ्ठा जग्गा महानगरपालिकाको नाममा हस्तान्तरण भइसकेको छ ।

नक्साङ्कनका लागि प्राविधिक टोली आएर काम शुरु गरिसकेको नगरप्रमुख दाहालले बताउनुभयो । यथाशक्य छिटो विस्तृत अध्ययन गरी नक्साङ्कन गरेर बोलपत्र आह्वान गरिने छ । सो कार्यका लागि शहरी विकास तथा भवन निर्माण विभागले रु ५१ करोड विनियोजन गरिसकेको छ भने अपुग रकम थप गरेर देशकै नमूना सभागृह हुने उहाँको जिकिर छ ।

महानगरपालिकाले नारायणगढ बजारको लायन्सचोकमा बहुउद्देश्यीय व्यावसायिक भवन पनि बनाउँदैछ । विस्तृत अध्ययन गरी नक्साङ्कनको काम अन्तिम चरणमा पुगेको इञ्जिनीयर अस्मिता खनालले बताउनुभयो । यथेष्ट पार्किङसहितको १२ तले सो भवनका लागि करिव रु ८० करोड खर्च हुने अनुमान गरिएको छ । भवन निर्माण भएपछि नारायणगढ बजार व्यवस्थित हुने अपेक्षा महानगरको छ ।

उक्त विभागले भरतपुर महानगरमा रु एक अर्ब ५० करोड खर्च गरेर रिङरोड र लिङ्करोडको काम पनि अघि बढाएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख कुमार घिमिरेका अनुसार ती बाटाका लागि बोलपत्र आह्वान भई ठेकेदार कम्पनीले काम पनिअघि बढाइसकेका छन् ।

सोही कार्यालयको सहयोगमा भरतपुरस्थित केन्द्रीय बसपार्क मर्मत, रानीपोखरी तथा लक्ष्मीनारायणमा मन्दिर पार्क निर्माणका लागि रु २६ करोड खर्च गरिँदै छ । ती दुबै पार्क पर्यटकको आकर्षण केन्द्र बन्ने अपेक्षा गरिएको छ । पार्क निर्मााणका लागि बोलपत्र आह्वान भइसकेको उहाँले बताउनुभयो ।

महानगरकै अगुवाइमा विभागको सहयोगमा भरतपुर अस्पतालमा रु आठ करोड खर्च गरेर बिरामी कुरुवा घर निर्माण हुँदैछ भने देवघाटमा रु १२ करोड हाराहारी खर्च गरी शव दाहगृह बनाउने तयारी भइरहेको छ ।

महानगरपालिकाले नारायणगढ नजिकै रहेको नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गर्ने तयारी गरेको छ । यसका लागि महानगरप्रमुख दाहालले विज्ञसँग परामर्श भइरहेको बताउनुभयो । नगर वनलाई स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा विकास गर्ने योजना महानगरको छ ।

महानगरले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा र भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्न गृहकार्य अघि बढाएको छ । जनप्रतिनिधि आएसँगै स्वदेशी एवं विदेशी लगानीकर्ताको आँखा भरतपुर महानगरमा परेको छ । विदेशी लगानीकर्ता, दाता, सरकारी अधिकारी महानगर आउने गरेकाले यहाँ स्वदेशीसँगै विदेशी लगानी भित्रिने अपेक्षा बढेको महानगरउपप्रमुख पार्वती शाहले बताउनुभयो । रासस