२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रीकै कक्षमा बित्छ स्वास्थ्य सचिव चौधरीको दिन ! के हो रहस्य ?



अ+ अ-

काठमाडौं । विवादित स्वास्थ्य सचिव डा।पुष्पा चौधरीको दैनिकी स्वास्थ्य मन्त्रीको कार्यकक्षमा बित्ने गरेको छ । बिहान ११ बजे मन्त्रालय पुग्ने चौधरी हाजिर गरेर सिधै मन्त्रीको चेम्वरमा जाने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रीको निजी सचिवालयका अनुसार चौधरीको समय मन्त्री उपेन्द्र यादवको कक्षमा बित्ने गरेको छ ।

स्वास्थ्य मन्त्री यादवको भनाई उदृत गर्दै उनको सचिवालयका एक कर्मचारीले भने, ‘पुष्पाको कार्यशैली प्रति मन्त्री खुसी छैनन् । उनी दिनभर मन्त्रीको कक्षमा हुन्छिन । नबस्नुुस भन्न सकिएको छैन ।’ प्रत्यक्ष रुपमा चौधरीलाई भन्न नसके पछि मिडियामा आउनु परेको हो । ती कर्मचारीले भने । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

स्वास्थ्य सचिव केदार बहादुर अधिकारी र अन्य कर्मचारीको मन्त्रीसंग गोप्य कुरा चलीरहेको ठाउँमा चौधरी जबरजस्ती जाने गर्दा दैनिक काम गर्न मन्त्रीलाई निकै समस्या भएको छ । उनका अनुसार मंगलबार मात्रै पुष्पा मन्त्रीको कोठामा निरन्तर ७ घण्टा बसेको उनि बताउँछन् ।

स्रोतका अनुसार डा चौधरीको गतिविधि मन्त्रीलाई दिनभर अनावश्यक डिस्टर्व गर्ने र नियमीत काममा बाधा पुर्याउने मात्रै छ । सचिवालयका ती कर्मचारी भन्छन, ुमाथिल्लो निकायबाट दिनहु पुष्पालाई राख्न दबाव आइरहेको छ । उनीहरुको अगाडी मन्त्रीले हुन्छ भन्नै पर्छ । तर, उनलाई राख्ने पक्षमा मन्त्री हुनु हुन्न । फेरी पनि पुष्पाले मन्त्रालयलाई अस्थिर बनाउने काम गर्न खोजेको भनेर मन्त्री यादव चिन्तित बनेका छन् ।

सचिवालयका अनुसार पुष्पाको काम शक्ति लगाएर मन्त्रीलाई दवाव दिने मात्रै भएको छ । पुष्पाले मन्त्रीको कार्यकक्षमा बसेर आफु अनुकुल काम गर्न लगाएको पनि मन्त्रालय स्रोत बताउँछ । गत २८ असोजमा प्रधानमन्त्री कार्यालय सरुवा भएपछि डा चौधरी सो निर्णय विरुद्ध १५ कार्त्तिकमा सर्वोच्च गएकी थिइन ।

सर्वच्चोले १६ कार्त्तिकमै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यस विरुद्ध सरकारले ५ मंसिरमा भ्याकेट हालेको थियो । सर्बोच्चले केही समय अगाडी मात्रै सो भ्याकेटको विपक्षमा आदेश दिएको थियो ।